Techie IT
Mission Khabar

मिटरमा नहिडेर ठगी गर्ने ट्याक्सी बिरुद्ध आक्रामक बन्दै ट्राफिक, सोमबारमात्रै ६७ चालक कारबाहीमा


काठमाडौं– विभिन्न बहानामा यात्रुलाई ठग्ने ट्याक्सीविरुद्धको कारबाहीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्रता दिएको छ । कारबाही अभियान अन्तर्गत सोमबार मात्रै काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी यात्रु ठग्ने ६७ ट्याक्सी चालक कारबाहीमा परेका छन् ।

यसरी कारबाही पर्नेमा यात्रुसँग बार्गेनिङ गर्ने १० र यात्रु लिन इन्कार गर्ने ४० वटा ट्याक्सी चालक छन् । यी बाहेक पनि महाशाखाअन्तर्गतका विभिन्न युनिटले १७ वटा ट्याक्सीलाई कारबाही गरेका छन् । सचेत गराउँदा समेत मिटरमा नहिड्ने र मनलाग्दी भाडा लिने गरेको पाइएपछि ट्राफिकले आक्रामक अभियान थालेको हो । यो अभियानले निरन्तरता पाउने महाशाखाको दाबी छ ।

ट्राफिक प्रहरीले यात्रुसँग भाडा बार्गेनिङ गर्ने चालकलाई ‘हाउमच’ अभियान अन्तर्गत प्रत्येक पटक तीन हजार जरीवाना गर्दै आएको छ । मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकसँग ५ सय देखि एक हजार ५ सयसम्म जरिवाना गरिरहेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, यातायात / यात्रा, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्