जेठ २ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
काठमाडौं। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते दिउँसो ४ बजे प्रस्तुत हुने गरि तयारी थालेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा जेठ २ गते दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ ।
मंगलबारको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको छ । बजेटको मुख्य अंगका रुपमा हेरीने नीति तथा कार्यक्रमले सरकारको बजेट कस्तो आउँदै छ, के कस्ता बिषयलाई प्राथमिकता परेका छन भन्ने निर्धारण गर्छ । नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने प्रचलन रहँदै आएको छ ।
सरकारले बजेटको तयारी गरिरहदा अहिलेदेखी नै कृषी उत्पादकत्व बढाउने, कोरोनाको महामारी रोक्न गरिएको लकडाउनबाट प्रभावित भएका उद्योगी व्यवसायीलाई राहत प्याकेज र स्वदेशमै उल्लेख्य रोजगारी सिर्जना गराउने खालको बजेट आउनपर्नेमा अधिकांशले जोड दिएका छन् ।
क्याटेगोरी : अर्थ / रोजगार, समाचार
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्