Techie IT
Mission Khabar

फेरिएको लकडाउन मोडालिटि, बजार चलायमान हुँदा ११ वटा सेवा अझै बन्द


काठमाडौं । चौतर्फी दबाब बढेपछि सरकारले ८० दिन लामो लकडाउन खुकुलो बनाएको छ । पहिलोपटक खुकुलो बनाइएको लकडाउनसँगै काठमाडौं लगायतका शहरी क्षेत्रमा व्यवसायी र सर्वसाधारणको उपस्थितिले भिडभाड बढाएको छ । गत चैत ११ गतेबाट सुरू भएको लकडाउन ८० दिनपछि खुकुलो बनाउने निर्णय गर्न सकार बाध्य भएसँगै कोरोना महामारी थप बढ्ने हो कि भन्ने चासो पनि बढिरहेको छ ।
पहिलो चरणमा खुकुलो बनाइएको लकडाउनबाट २१ दिनमा २१ वटै सेवा खुल्नेछन् । अत्यावश्यक सेवासहित निजी सवारी, ट्याक्सी, पसल, व्यवसाय खोल्न अनुमति दिइएको छ ।

आजबाट खुल्ने सेवा र कार्यहरू
१) स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत
२) औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी
३) पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
४) फोहोरमैला व्यवस्थापन
५) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा
६) बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा
७) सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य
८) कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य
९) उत्पादनशील उद्योग
१०) निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय
११) विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धिधतसमेत)
१२) निर्माण कार्य (निजीसमेत)
१३) नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण
१४) रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
१५) क्वारेन्टिनका लागि तोकिएका होटल
१६) बिजुलीका सामान बिक्री र मर्मत
१७) विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप
१८) पुस्तक पसल तथा स्टेसनरी
१९) सबै प्रकारका ढुवानी सेवा
२०) अत्यावश्यक सेवाका कार्यालय
२१) अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू
(सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)

यी सेवाहरु बन्द रहनेछन् 
१. शैक्षिक संस्था (स्कूल, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)
२. सपिङ मल, डिपार्टमेन्ट स्टोर (खाद्य पदार्थ बाहेक)
३. सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकाकार मनोरञ्जन स्थल
४. अनुमति प्राप्तबाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान
५. तोकिएका बाहेक अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत
६. सबै प्रकारका महोत्सव, जात्रा, मेला सभा, सम्मेलन र प्रदर्शन
७. २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम र सेमिनार
८. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
९. व्यावसायिक रुपमा सञ्चालित स्विमिङ पुल, जिमखाना, साउना, स्टिमलगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्यूटिपार्लर
१०. समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुति
११. सार्वजनिक यातायातका साधन (छोटो तथा लामो दूरी)

पहिलो चरणमा बजारलाई केही चलायमान गराएर यसबाट कोरोना रोकथाममा पार्ने प्रभावको मुल्यांकन हेरेपछि बाँकी क्षेत्रलाई बिस्तारै खुल्ला गर्दै जाने सरकारको तयारी छ । अहिले खुल्ला गरिएको क्षेत्रमा अपनाइने स्वास्थ्य सावधानी, सामाजिक दूरी लगायतको अभ्यासबाट पनि आगामी दिनको रणनीति तह हुनेछ । लकडाउन खुकुलो पारेपछि कोरोना संक्रमणले समुदाय स्तरमा विस्तार पाउँछ वा सबैको सावधानीले सामान्य जस्तै बन्छ, यसले पनि आगमी दिनको तय गर्नेछ ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्