Techie IT
Mission Khabar

बन्दाबन्दीमा ६ अर्ब बराबरको औषधि आयात, व्यवसायीको भने गुनासैगुनासा


काठमाडौं । कोरोना रोकथामका लागि भन्दै चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा ६ अर्ब बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बन्दाबन्दीको अवधिमा पाँच अर्ब ९० करोड ९६ लाख १० हजार बराबरको तयारी औषधि र कच्चा पदार्थ आयात भएको हो ।

४ अर्ब ५७ करोड २९ लाख ९३ हजार बराबरको तयारी औषधि र १ अर्ब ३३ करोड ६६ लाख १७ हजार बराबरको औषधि बनाउन प्रयोग हुने कच्चा पदार्थ नेपाल भित्रिएको छ । बन्दाबन्दीको छैटौँ हप्तामा तयारी औषधि आयातमा वृद्धि भएकोमा औषधिको कच्चापदार्थको आयात नवौँ हप्तामा वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ । लकडाउनको अवधीमा आम उपभोक्ताले औषधिको मौजात राख्ने भएकाले आयात बढाइएपनि व्यापार भने विगत भन्दा निक्कै घटेको व्यवसायीहरु बताउँछन् ।

नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष शिवराज बास्कोटाले अस्पताल लगायतका स्वास्थ्य संस्था र उपभोक्तालाई औषधिको अभाव नहोस भनेर आयात बढाइएको बताए । जोखिम मोलेर अत्यावश्यक औषधिको अभाव टारिरहेका व्यवसायीलाई सरकारले राहत प्याकेज लगायतका सेवा सुविधामा महत्व नदिएको तर्फ भने संघले गुनासो गर्दै आएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्