शशिला मोटर्सको अनलाईन सुविधा, अब व्यवसायिक गाडीहरु अनलाईनबाटै खरिद बिक्री

काठमाडौं । अब उपभोक्ताले टाटाका ब्यवसायिक गाडीहरु सजिलै अनलाइनबाटै खरिद गर्न पाउने भएकाछन् । टाटा मोटर्सका ब्यवसायीक गाडी विक्री वितरणका लागि सिप्रदी ट्रेडिङ प्रा.लि.को आधिकारिक डिलर शशिला मोटर्स प्रा.लि.ले गाडी खरिदका लागि अनलाईन सुविधा प्रयोगमा ल्याएको हो ।
प्रा.लि.ले www.shasheelamotors.com मार्फत नेपालमै पहिलो पटक अनलाईन खरिद बिक्री सेवा सुरु गरेको हो । यसअघि केही कम्पनीहरुले निजी कार अनलाइनबाट खरिद विक्री गर्ने गरेको भए पनि ब्यवसायीक गाडीहरुमा यस्तो सुविधा थिएन । वेबसाइट शुभारम्भ गर्दै सिप्रदी ट्रेडिङ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले कोभिड-१९ का कारण विशेष सावधानी अपनाउनु पर्ने भएकाले घरमै बसेर आफूले खोजेको रोजेको गाडी बुकिङ गर्न मिल्नेगरि उपभोक्ताई सुविधा दिइएको बताए । अहिलेको परिस्थितिमा नयाँ गाडी खरिद गर्न तथा पुराना गाडी खरिद विक्रीका लागि यो भर्चुअल शोरूम कोशेढुंगा सावित हुने आशा गरिएको छ ।
शशिला मोटर्सका प्रवन्ध निर्देशक सन्तोष खतिवडाले उपभोक्ताको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै ल्याइएको अनलाईन सेवालाई थप परिमार्जित गर्दै लैजाने जानकारी दिए । अबको बजार भनेको डिजिटल मार्केट नै भएकाले यसलाई ब्यापक र सर्वसुलभ बनाउँदै लैजानुको विकल्प नभएको उनले बताए । वेब साइट भित्रको भर्चुअल शोरुम मार्फत उपभोक्ताले आफूलाई आवश्यक पर्ने जुन सुकै मोडलका नयाँ, पुराना गाडी छान्न सक्नेछन् । यो सेवा अन्तर्गत टाटाका जुनसुकै मोडलका नयाँ ब्यवसायिक गाडीहरु अनलाइनमै वुकिङ गरि खरिद गर्न सकिनेछ । वेब साइट मार्फत नयाँ गाडी खरिदको सुविधा वाहेक पुराना गाडी समेत खरिद विक्री गर्न पाउनेछ । आफूसंग भएका पुराना ब्यवसायिक गाडी विक्री गर्न चाहने विक्रेताले गाडीबारे विस्तृत विवरण र फोटो सजिलै वेब साइटमा अपलोड गर्न सक्नेछन् ।
शशिला मोटर्सले आफ्नो सम्पर्कमा रहेका पुराना गाडी किन्न चाहने उपभोक्ता र बेच्न चाहने विक्रेताविच समन्वय गरिदिनेछ भने आफैंले पनि पुराना गाडी किन्नेछ । क्रेताले विक्रेतासंग भएको गाडी प्रत्यक्ष हेर्न चाहेको अवस्थामा समेत कम्पनीले त्यसको ब्यवस्था मिलाइदिनेछ । पुराना गाडी किन्न वा बेच्न चाहनेले समेत www.shasheelamotors.com सुविधा पाएपछि अन्यत्र कतै भौंतारिनु पर्ने झञ्जटबाट मुक्ति पाउने भएका छन् ।
क्याटेगोरी : अर्थ / रोजगार
ट्याग : #hot, #अनलाइनबाट खरिद विक्री, #टाटा मोटर्स, #डिजिटल मार्केट, #ब्यवसायीक गाडीहरु, #राजनबाबु श्रेष्ठ, #शशिला मोटर्स प्रा.लि., #सन्तोष खतिवडा, #सिप्रदी ट्रेडिङ प्रा.लि.
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्