Techie IT
Mission Khabar

कुखुराको मासु पछिल्लो तीन वर्ष यताकै सस्तो, मुल्य नपाउँदा किसान मारमा


काठमाडौं । कुखुराको मासु पछिल्लो तीन वर्ष यताकै सस्तो मुल्यमा बिक्रिबितरण हुन थालेको छ । एक महिनामा तीन पटक मूल्य घट्दा पनि मासु नबिकेपछि प्रतिकिलो तयारी मासुको मूल्य दुई सय रुपैयाँबाट पनि तल झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जानकारी दिएको हो ।

मासुको मूल्य तीन वर्ष यताकै सस्तो गरेर दुई सय भन्दा कममा बेच्दा पनि बजारमा मासुको खपत नबढेको संघका प्रथम उपध्यक्ष श्रय ढकालले जानकारी दिए । यो सताका लागि संघले काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो न्यूनतम् मूल्य २०५ रुपैयाँ तोकेको छ । संघका महासचिव बाबुराजा रावल साउन अन्तिम साता तीन सय भन्दा बढी रहेको मासुको मूल्य तीन पटक घटेर नयाँ मूल्य कायम भएको बताउँछन् । मूल्य सस्तो हुँदा पनि उपभोग नपाएपछि व्यवसायीहरु भने निरास देखिएका छन् ।

भ्याली ग्रूपका कार्यकारी निर्देशक एवम् मासु व्यवसायी सक्षम घिमिरे खपतको तुलनामा उत्पादन बढेका कारण बजारमा मासुको मूल्य ओरालो लागेको बताउँछन् । चाडपर्वलाई लक्षित गरेर किसानले मासुको उत्पादन बढाएपनि बजारमा खपत ५० प्रतिशतभन्दा बढीले घट्दा मासुको बिक्रीमा मन्दी आएको उनको दाबी छ । मासु धेरै खपत हुने होटल, रेष्टुरेन्ट, पार्टी पयालेस, होटल कोभिड–१९ले बन्द हुँदा कुखुरा उत्पादक किसानहरु मारमा परेका छन् । लकडाउन अवधिमा मासुको व्यापार राम्रै भएपनि दोस्रो पटकको निषेधाज्ञाले व्यापार चौपट भएको कृषक तथा व्यवसायीहरु बताउँछन् ।

सामान्य अवस्थामा काठमाडौंमा दैनिक साढे दुई लाख किलो मासु बिक्री हुने गरेकोमा अहिले मुस्किलले सवा लाख किलो मात्रै मासु बिक्री भईरहेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्