Techie IT
Mission Khabar

बन्दाबन्दी र कोरोना प्रभाव : बढ्यो मोबाईल र इन्टरनेट बैंकिङ


काठमाडौं – नेपालमा मोबाइल र इन्टरनेट बैंकिङको कारोबारले तीव्रता पाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तीन महिना अर्थात् साउन, भदौ र असोजमा मोबाइल र इन्टरनेट बैंकिङमार्फत ८२ अर्ब आठ करोड ७० लाख रुपैयाँको कारोबार भएको पाइएको छ ।

तीन महिनामा इन्टरनेट बैंकिङका ६ लाख ९० हजार वटा कारोबारमार्फत १४ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको राष्ट्र बैंकको तथ्यांकछ । साउनमा तीन अर्ब १० करोड, भदौमा चार अर्ब ७४ करोड र असोजमा ६ अर्ब ३१ करोड रुपैयाँ इन्टरनेट बैंकिङमार्फत कारोबार भएको छ । यस्तै तीन महिनामा मोबाइल बैंकिङ मार्फत एक करोड ९७ लाख वटा कारोबारमार्फत ६७ अर्ब ९३ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।साउनमा १८ अर्ब ३९ करोड ३० लाख रुपैयाँ, भदौमा २० अर्ब ३४ करोड रुपैयाँ र असोजमा २८ अर्ब ८० करोड रुपैयाँको कारोबार मोबाइल बैंकिङमार्फत भएको राष्ट्र बैंकले जनाएको छ ।

कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनयता नेपालमा मोबाइल र इन्टरनेट बैंकिङका प्रयोगकर्ताको सङ्ख्यासँगै कारोबारले तीव्रता पाएको राष्ट्र बैंकको दाबी छ ।


क्याटेगोरी : अर्थ / रोजगार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्