Techie IT
Mission Khabar

आज साउन १५ अर्थात खिर खाने दिन, मानव बेचविखनविरुद्धको दिवस पनि मनाइदै


काठमाडौं । आज साउन १५ गते, खिर खानेदिन सँगै अन्तर्राष्ट्रिय मानव बेचविखनविरुद्धको दिवस पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरेर मनाइँदै छ । वर्षा ऋतुका बेलाअसार १५ गते दही, चिउरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको परम्परालाई निरन्तरता दिन आज खिर खाने गरिन्छ ।

साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसला लगायतका चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यलाई फाइदागर्ने विश्वास गरिन्छ । नेपालपञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष डा.रामचन्द्र गौतम साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिने र हरियाली बढी हुने भएकाले गाई, भैँसीले पनि धेरै दूधदिने बताउँछन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमाबोलाएर खिर खाने चलनचलेको उनी बताउँछन् । राष्ट्रिय दुग्धविकास बोर्डले साउन १५ गतेलाई खिर दिवसका रूपमा मनाउँदै आएको छ । आजै विभिन्न सचेतनामुलक कार्यक्रमसहित अन्तर्राष्ट्रिय मानव बेचविखनविरुद्धको दिवस पनि मनाउने गरिन्छ ।

खिरको फाईदा
साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायतका चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यलाई फाइदा गर्ने विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्त्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो । साउनलाई भगवान् शिवको महिना पनि भनिन्छ । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाई विधिपूर्वक चढाउने गरिन्छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्