Techie IT
Mission Khabar

कोरोनाको उत्पत्ति बारे अमेरिकी ल्याबमाथी छानविन गर्न डब्लुएचओलाई चीनको पत्र


काठमाडौं । सन् २०१९को अन्त्यमा चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको उत्पत्तीबारे अहिलेसम्म पनि खोजी भइरहेको छ । अमेरिकी सरकारले निरन्तर चीनको वुहानस्थित ल्याबबाट कोरोना भाइरस फैलिएको आरोप लगाउँदै विश्व स्वास्थ्य संगठनको टोलीलाई वुहानको ल्याबमा छानविन गर्न पठाएपनि यहिबाट उत्पत्ती भएको हो भन्ने बारे अझसम्म पुष्टि हुन सकेको छैन।

बरु पछिल्लो समय चीनले अमेरिकी फोर्ट डेट्रिक ल्याब र क्यारोलिना विश्वबिद्यालयमाथी छानविन गर्नु पर्ने भन्दै विश्व स्वास्थ्य संगठनका प्रमुखलाई पत्र लेखेको छ । अमेरिकाका लागि चीनियाँ राजदुतले २ करोड ५० लाख नागरिको हस्ताक्षरसहित अमेरिकी ल्याब र क्यारोलिना विश्वविद्यालयमा छानविन गर्नुपर्ने भन्दै पत्राचार गरेको जानकारी दिए । चीनले अमेरिकामाथी दोषारोपण गर्दै पहिलो पटक कुटनितिक माध्यमबाट विश्व स्वास्थ्य संगठनलाई पत्राचार गरेको हो ।

चीनले कोरोना भाइरसको उत्पत्तीबारे आफूलाई लगाइएको दोषलाई निरन्तर खण्डन गरिरहेको छ । विश्वभर अमेरिकी सैनिकबाट सञ्चालित करिब २ सयभन्दा बढी ल्याबहरु रहेको र यी ल्याबको एजेन्डा के हो ? भन्ने विषयमा चिनियाँ विश्लेषकहरुले निरन्तर चासो राख्दैआएका छन् । चीनले डब्लुएचओबाट कोरोनाको उत्पत्तिबारे निश्पक्ष छानविन हुने विश्वास लिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, विश्व / विविध, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्