Techie IT
Mission Khabar

एम्बुलेन्स दुर्घटना : बिरामीसहित चारजना घाइते


फोटो : उज्यालोबाट

बैतडी, जेठ । बैतडीमा आइतबार एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चारजना घाइते भएका छन् । घाईते हुनेहरुमा बिरामी दार्चुला व्यास गाउँपालिका–६ बसेडीका विष्णुदत्त भट्ट, उनका कुरुवा सोही ठाउँका देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

दार्चुला मालिकार्जुन गाउँपालिका–८ का चालक गोविन्द धामी पनि घाइते भएको प्रहरीले जनाएको छ । दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ जानेक्रममा म१झ १०३ नम्बरको एम्बुलेन्स बिहान ३ बजेतिर महाकाली राजमार्गअन्तर्गत सुर्नया गाउँपालिका–३ धरमघर नजिक दुर्घटनामा परेको थियो ।
एम्बुलेन्स सडकबाट करीब एक हजार मिटर तल झाडीमा खसेको छ । घाइते सबैको प्रहरीले उद्धार गरेको थियो ।

घाइते चारैजनाकोे उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।

एम्बुलेन्स दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।


क्याटेगोरी : शिक्षा / स्वास्थ्य, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्