Techie IT
Mission Khabar

पायल्सबाट पीडित हुनुहुन्छ ? यसरी पाउनुहोस् राहत


काठमाडौं । पायल्स अहिले नेपालीहरुको जल्दोबल्दो समस्या बनेको छ । निक्कै दुःख र हैरानी सहनुपर्ने यो रोग खानपानमा उचित ध्यान दिएमा छिट्टै निको हुन्छ ।

यदि तपाईहरुमा पायल्स छ भने निम्न कुरामा ध्यान दिनुहोस् :

–पानी प्रशस्त मात्रामा पिउनुहोस् (प्रतिघण्टा एक गिलास खादा झनै राम्रो )
– हरियो सागपात काँचै खाने, फलफूलको जूस तथा फलफूल खाने, चोकर सहितको गहुँको पिठो, रोटी, ब्राउन राइस, रहर तथा मुंगको दाल खाँदा राहत पाउन सकिन्छ ।
– दैनिक ४५ मिनेटदेखि १ घण्टासम्म हलुका पसिना आउने गरि शारीरिक व्यायाम गरौँ ः योग–आसन, रिड व्यायाम, एरोबिक उपयोगी हुन सक्छन् ।
– हप्तामा एक पटक पेट सफा गराउने (एनिमा लिने) जसले कब्जियत हुन दिदैन ।
– शरीरले पचाउन सक्ने गरी मात्र (एक पटकमा धेरौ भन्दा छिटोछिटो थोरै, सबै परिकार मिलाएर( खाना खाने ।
– चिल्लो, पिरो, तारेको–भुटेको, मसालेदार परिकार सकभर नखादै राम्रो ।
– शौचालय प्रयोगपछि सुत्ने समयमा तोरी र जैतुनको तेल गुहद्वारमा लगाउदा सहयोगी हुन्छ ।
– धुम्रपान, रक्सी, ब्राण्डी, सुर्ती, जर्दा जस्ता धुम्रपान र मध्यपानको सेवन नगरौँ ।

के खाँदा उपयोगी ?
– गहुँको चोकरसहितको रोटी
– जौ, पुरानो चामल, रहर, मुंगको दाल, केरा, अमला
– गाजर, पालुँगो, मुला, करेलाको रस
– धनियाका रसमा मिस्रि मिलाएर खाने
– पानी धेरै पिउने
–हरियो सागसब्जीरसलाद आदि खाने ।

खान नहुँने :
–तातो, पिरो, मसालेदार, बासी खाना, मासु, अमिलो, आलु, सखर, डिब्बा बन्द परिकार, चिया, कफी, रक्सी, चुरोट, ब्राण्डी, आदि ।
सकभर समय र सबै परिकारको अनुपात मिलाएर खादा फलदायी हुन्छ ।


क्याटेगोरी : शिक्षा / स्वास्थ्य, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्