Techie IT
Mission Khabar

क्यान्सर सचेतना : खानपान र व्यायाममा ध्यानदिनु राम्रो


काठमाडौँ । फेरिएको नेपाली जीवनशैलीले आम मानिसलाई विलासी बनाएको छ । अनि फेरिएको यहि जीवनशैली र खानपानले क्यान्सरको जोखिम बढाएको छ । हुनत, क्यान्सर रोगका धेरै कारण छन्, तर धेरै क्यान्सर हाम्रो जीवनयापनका कारणले निम्तिएका छन् ।
क्यान्सरको जोखिमबाट बच्न ध्यान दिनुपर्ने कुराहरु : 

१. सूर्तिजन्य पदार्थ सेवन नगर्ने
संसारभर हुने क्यान्सरको आधाभन्दा बढि कारण सूर्तिजन्यपदार्थ पाइएको छ । फोक्सो र मुखको क्यान्सर मात्रै होइन सूर्तिजन्य पदार्थको रसायनले ४० वटा बढी शीरदेखि पाउसम्मको सबै क्यान्सरको जोखिम बढाउँछ ।
२. ढुसी, बासी सडेगलेको खानेकुरा नखाने
बासी सडेगलेको तथा ढुसी लागेको खानामा क्यान्सर गराउने तत्व ‘एङ्खलाटोक्सिन’ हुने भएकाले सकभर नखादा राम्रो यस्तो खाना क्यान्सर रोगको कारक बन्न सक्छ ।
३. मध्यपान नगर्ने
अत्यधिक मदिरापानका कारण पाचनप्रणाली, कलेजो, ठूलो आन्द्रा र कोलोरेक्टल, स्तन, गदद्धार लगायतमा क्यान्सर हुनसक्छ । मदिरा सेवनको मात्रा कटौति गर्दा पनि क्यान्सर जोखिम कम हुन्छ ।
४. खानपानमा ध्यान पुयाउने
खाद्यपदार्थमा मिसाएका किटनासक औषधि र रसायनीक मल, विसादी हालिएका तरकारी, फलफुल तथा खाद्य पदार्थको प्रयोगले मुख, आमासय, अन्ननली आदिको क्यान्सर लाग्नसक्छ । खानपानमा सचेत रहने ।
५. रातो मासु कम गर्ने
रातो मासु सकेसम्म नखाने । खानैपरे बोइल गरेर खाने । मासु खाने नै भए कुखुरा र माछा खाँदा राम्रो ।
६. व्यायाम दिनहुँ गर्ने
दैनिक ४५ मिनेट व्यायाम गर्नाले क्यान्सरको जोखिमलाई नियन्त्रणमा राख्न सकिन्छ । दैनिक कम्तीमा ४५ मिनेट व्यायम गरि पसिना निकाल्ने गर्नाले क्यान्सर मात्रै नभई अन्य रोगको जोखिम कम हुन्छ ।
७. धुलो धुँवाबाट जागिने
धुलो धुवाको असर धूमपान गर्नुजत्तिकै हानिकारक हुन्छ । फोक्सो, घाँटी तथा अन्य महत्वपूर्ण अंगको क्यान्सर हुनसक्ने धुलो धुँवाबाट सकभर बचौँ ।
८. चर्कोघाममा नबस्ने
सूर्यको किरण थुप्रै हानीकारण हुने भएकाले लामो समय चर्को घाममा नबसौँ ।
९. पाठेघरको जाच गर्ने
विवाहित महिलालाई पाठेघरको मुखको क्यान्सर हुने सम्भावना भएकोले विवाहित महिलाले प्रत्येक दुई दुई बर्षमा पाठेघरको श्राव परीक्षण गर्नुपर्छ । क्यान्सर लाग्नु पूर्वको अवस्था थाह पाए उपचार सहज हुन्छ ।
१० मौसमी फलफुल खाने
मौषमअनुसारको ताजा हरियो सागपात बन्दा, काउली, फर्सी, ब्रोकाउली र फलफुलहरु नियमित खादा क्यान्सरको जोखिमबाट बच्न सकिन्छ । बेमौसमी तरकारी तथा फलफुलमा रसायनिक पदार्थ बढी प्रयोग हुने भएकोले जोखिम बढी हुन्छ ।


क्याटेगोरी : शिक्षा / स्वास्थ्य, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्