कक्षा ११ र १२ को फ्याकल्टी हट्यो,विषयगत सिकाईमा परिवर्तन

काठमाडौं, जेठ । धेरै लामो समयपछि विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेसँगै शैक्षिक पाठ्यक्रममा सुधार हुनेभएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले पारित गरेको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ ले कक्षा ११ र १२ मा चार विषयलाई अनिवार्य गरेको छ । अब यी दुई कक्षा एकल पथीय हुनेभएसँगै संकाय प्रणाली हटेको छ । नयाँ पाठ्यक्रमको व्यवस्था अनुसार अब ११ र १२ कक्षामा अध्ययन गर्ने विद्यार्थीले यसअघिको विज्ञान संकायतर्फको कुनै एक विषय र मानविकी तथा शिक्षाको कुनै पनि विषय रोजेर अध्ययन गर्न पाउनेछन् ।
नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा गरी चार विषय कक्षा ११ र १२ मा अनिवार्य गरिदा कक्षा १० को स्वास्थ्य तथा जनसंख्या विषय पढ्नु नपर्ने भएको छ ।
क्याटेगोरी : शिक्षा / स्वास्थ्य, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्