Techie IT
Mission Khabar

बाँकेका दुई नीजि विद्यालय गाउँपालिकाको कारबाहीमा


नेपालगञ्ज, जेठ । बाँकेको डुडुवा गाउँपालिकाका दुई वटा संस्थागत निजी विद्यालयको कक्षा खारेजी भएको छ । अनुमति नलिईकन मापदण्ड विपरीत सञ्चालित भएको पाइएपछि वडा नं २ बेताहनीको राप्ती इंग्लिस मिडियम बोर्डिङ स्कूल नौरीगौडी र एकेडेमी इंग्लिस मिडियम बोर्डिङ स्कूलमाथी कारबाही भएको हो ।

अनुमतिविना राप्तीले कक्षा ३, ४ र ५ तथा एकेडेमीले कक्षा २, ३, ४ र ५ सञ्चालन गरेको पाइएपछि मापदण्ड विपरितको कक्षा बन्द गरिएको छ । गाउँ शिक्षा समितिको बैठकले अनुमतिविना सञ्चालित स्कूललाई कक्षा सञ्चालन बन्द गराउन पत्राचार गरेको छ । शुरुमा स्पष्टीकरण माग गरिएपनि अनुमतिविना सञ्चालन भएको पाइएपछि कारवाही गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकामा अहिले १० संस्थागत विद्यालय छन् । गाउँपालिकाले स्थानीय विद्यालय शिक्षाको गुणस्तर सुधार, शिक्षक नियमितता तथा शिक्षाको गुणस्तरीयताका लागि सामुदायिक विद्यालयमा इ–हाजिरी मेशिनसमेत जडान गरिसकेको छ ।


क्याटेगोरी : शिक्षा / स्वास्थ्य, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्