Techie IT
Mission Khabar

स्कुले विद्यार्थीको कोरिया भ्रमण : एउटा सार्थक सिकाई


काठमाडौं, जेठ । एलआरआइ विद्यालयका २४ विद्यार्थी र चार अधिकारीको १० दिने दक्षिण कोरीयाको भ्रमण एउटा सार्थक सिकाई बनेको छ ।

भ्रमणमा ९ जना छात्रा र १५ जना छात्रले सहभागिता जनाएका थिए । कक्षा ६ देखि १० का विद्यार्थीहरुको सहभागिता रहेका भ्रमणमा चार जना विद्यालयका अधिकारी सम्मिलित थिए । एलआरआइ स्कुलले दक्षिण कोरीयाका चार वटा स्कुलसंग मितेरी साइनो लगाएको छ । जस अन्तर्गत यस अघि दक्षिण कोरीयबाट ३४ जना विद्यार्थी र ६ जना शिक्षकले एलआरआई सहित नेपालको भ्रमण गरेका थिए । स्कुलका संस्थापक शिवराज पन्त भन्छन्– विदेशको शिक्षा लगायत विकास गतिविधि बारे नेपाली विद्यार्थीलाई केहि ज्ञान दिलाउने उद्देश्यले यस्ता कार्यक्रमको आयोजना बेला बेलामा गर्ने गरिएको छ । देशका बालबालिका भोलीका कर्णधार भन्ने तर त्यो अनुरुपको बाटो नदेखाउने हो भने यस्ता कुरा नारामा मात्रै सिमित रहने पन्तले बताए ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष यसरेखा पन्त बालबालिकाका लागि एउटा सानो प्रयास गरेको बताएका छन् । विश्वपरिवेशको शिक्षाका बारेमा ध्यान दिन सकेको खण्डमा नेपाली विद्यार्थीहरुले पनि धेरै कुरा जान्ने मौका पाउँछन् । हाम्रा बालबालिका पनि ग्लोबल नागरिक बन्न सक्ने प्रसस्त संभावना छ । अन्तर्राष्ट्रिय पाठ्यक्रम अध्ययनबाट विद्यार्थीहरुले नयाँ कुरा हासिल गर्न पाउँनेछन् । यहि विषयलाई मध्यनजर गरेर एलआरआइ स्कुलले विद्यार्थीहरुका लागि वैदेशिक शैक्षिक भ्रमण गराउँदै आएको छ । दक्षिण कोरियाको विकास अचम्मको भएको र यहाँका सडक संरचना निकै सुन्दर रहेका तथा विद्यार्थीहरुका लागि अध्ययनमा धेरै कुराको सुविधा हुने भ्रमणमा संलग्न विद्यार्थीहरु बताउँछन् ।

कोरियाली विद्यार्थीको आत्मियता र अध्ययनसंगै रमाइलो गर्ने तरिका फरक छ । कोरियाले शिक्षामा प्रविधिको प्रयोगलाई निकै उपयोग गरेको छ । भ्रमणले त्याहाँको संस्कृति तथा इतिहासलाई नजिकबाट बुझ्ने मौका मिलेको विद्यार्थीको बुझाई छ । कोरियाको भ्रमणपछि विद्यार्थीहरु नेपालको विकास किन अरु राष्ट्रजस्तो हुन सकेन भन्ने कौतुहलता व्यक्त गरिरहेका छन् । शिक्षा नै देशको ऐना हो । प्रभावकारी शिक्षा तथा अनुशासनलाई आत्मसाथ गर्नुपर्ने विद्यार्थीहरुको बुझाई छ ।
बालबालिकालाई शैक्षिक भ्रमण गराउदा उनीहरुको वृत्तिविकास र श्रृजनात्मक भूमिकामा बल पुग्ने विद्यालयका प्रमुख लेखा अधिकृत तथा वैदेशिक विभाग प्रमुख दिपक जोशी बताउँछन् । आगामी दिनमा अझै प्रभावकारी ढंगबाट विद्यार्थीका लागि नयाँ योजना निर्माण गर्ने एलआरआई बताउँछ ।


क्याटेगोरी : विश्व / विविध, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्