सरकारी डाक्टर : एउटा डाक्टरसँग सयौँ विरामीको बोझ

काठमाडौं – स्वास्थ्यसेवामा पहुँच बढाउँदै सबैका लागि सहज र सर्वसुलभ सेवा दिने प्रतिबद्धता सरकारबाट दोहोरिरहेको छ । तर पछिल्लो पाँच बर्षे तथ्यांकले जनसंख्या बृद्धिको तुलनामा सरकारी चिकित्सकको संख्या कम देखिएको छ ।
पछिल्लो वर्षको ८ महिनामा सरकारी सेवामा कार्यरत डाक्टरको संख्या पाँच वर्षयता सबैभन्दा कम छ । रिक्त दरबन्दीमा स्वास्थ्य मन्त्रालयले नियुक्ति नगर्दा बढ्दै गरेको जनसंख्याको अनुपतमा डाक्टरको संख्या कम देखिएको हो । पछिल्लो सरकारी आर्थिक सर्वेक्षण तथ्यांक अनुसार प्रथम ८ महिनामा २ हजार ४ जना चिकित्सक कार्यरत छन्, गत बर्ष यो अवधिमा २ हजार ६ सय ४० चिकित्सक कार्यरत थिए । चिकित्सकको दरबन्दी न्यून मात्रै छैन, भएका थुप्रै दरबन्दी खाली छन् ।
स्वास्थ्यसेवाअन्तर्गत ८ सय १५ मेडिकल अफिसर (आठौं तह) र ६ सय हाराहारीमा विशेषज्ञ (नवौं, दसौ, एघारौं) तहका चिकित्सकको दरबन्दी छ । तर स्वास्थ्य मन्त्रालय चिकित्सक सेवा महाशाखासँग कति दरबन्दी रिक्त छ भन्ने आधिकारिक रेकर्ड छैन । काउन्सिलका अनुसार यो वर्षमात्रै विभिन्न विषयमा नौ सय चार विशेषज्ञ चिकित्सक थपिएका छन् । गत वर्ष काउन्सिलमा २ हजार १ सय ४४ नयाँ चिकित्सक दर्ता भएकोमा ६ सय ७२ विशेषज्ञ छन् । मेडिकल काउन्सिलमा दर्ता चिकित्सकको कुल संख्या २१ हजार ४ सय १३ छ, जसमा ६ हजार १ सय ३७ विशेषज्ञ रहेका छन् ।
बर्षेनी लाखौँको संख्यामा जनसंख्या बढ्दा सरकारी डाक्टरको संख्या सयले मात्रै बढेको छ । यसले एउटा डाक्टरमा सयौँ विरामीको बोझ छ । सरकारले नीति तथा कार्यक्रममार्फत हरेक गाउँपालिकामा १५ बेडको अस्पताल स्थापना गर्ने घोषणा गरेको छ । तर सरकारी अस्पतालमा कार्यरत डाक्टरको यो तथ्यांकले यो घोषणामा चुनौती थपिदिएको छ । गाउँपालिका स्तरमा विशेषज्ञ सेवा पुर्याउन अपुग करिब ३ हजार डाक्टर कसरी पूर्ती गरिन्छ ? यसतर्फ सरकारको ध्यान केन्द्रित बनेको छैन ।
क्याटेगोरी : शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्