Techie IT
Mission Khabar

सामुदायिक अस्पतालको फार्मेसीमा म्याद नाघेको औषधी, मौसमी अनुगमनले रोक्न नसकेको


काभ्रे – धुलिखेल सामुदायिक अस्पतालमा म्याद गुज्रिएको औषधि फेला परेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयको संयुक्त अनुगमनका क्रममा अस्पतालको फार्मेसीमा म्याद गुज्रिएको औषधी भृटिएको हो ।

अनुगमन टोलीले मानसिक रोगका लागि प्रयोग हुने म्याद गुज्रिएको औषधि इटाट्रम ५ एम्जी तीस वटा ट्यावलेट भेट्टाएपछि जफत गरेको छ । फार्मेसीले भने म्याद गुज्रिएको औषधी बेच्न राखिएको नभई हटाउने क्रममा रहेको बताएको छ । पछिल्लो समय काभ्रे मात्रै होइन देशभर थाभावी खोलिएका फार्मेसी गुनासो र समस्याका कारण बन्दै आएका छन् । अधिकांश फार्मेसीमा निक्कै कम म्याद मात्रै रहेको औषधी बिक्रि भैरहेका छन भने केहीमा बेलाबखतको अनुगमनबाट म्याद नाघेका औषधी जफत हुँदै आएका छन् ।

बेलाबखतमा अनुगम गर्ने, सचेत गराउने र सिल गर्ने काम गरिरहेको नियमन र अनुगमन गर्ने सरकारी निकायले गलत प्रवृत्ति भने रोक्न सकिरहेको छैन ।


क्याटेगोरी : शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्