Techie IT
Mission Khabar

प्राडा केसीको १५ औं सत्याग्रह धक्कि, सरकारी नियत गलत की केसी ?


काठमाडौं– प्रा. डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेशलाई अथाभावी तोडमोड गर्ने काम गरिएको भन्दै १५ औँ सत्याग्रह सुरु गर्ने धम्कि दिएका छन् ।

पटक–पटक गरेर १४ पटकसम्म सत्याग्रह बस्दै र राज्य पक्षसँग सहमती गरेर छाड्दै आएका प्राडा केसीले निःशुल्क पीजीपछि सेवा अवधि आफूहरुसँग सहमति भएअनुसार २ वर्ष कायम गर्ने बाहेक अध्यादेशमा परिर्वतन नगर्न सरकार र राजनीतिक दललाई आग्रह गरेका छन् । असार १५ गतेबाट सुरु गर्ने भनिएको अनसनका लागि स्थल भने जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रोजाइमा परेको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा ब्याप्त बिक्रिति रोक्न केसीले ठूलो भूमिका खेलेको भनिदैगर्दा कतिपय यो क्षेत्रका जानकारहरु भने डा. केसी कुनै समूह र शक्तिका लागि माध्यम बनेको बताउँछन् । आफूसँग भएको सम्झौताअनुसार उपत्यका बाहिर प्रतिष्ठान वा सरकारी मेडिकल कलेज खोल्न सरकारी तदारुकता नभएको केसीले भनिरहँदा चिकित्सा शिक्षा अध्यादेशमा भने विदेशीले जहाँ कही मेडिकल कलेज र हस्पिटल स्थापनामा लगानी गर्न सक्नेछन् । जतिधेरै मेडिकल कलेज र अस्पताल खुल्छन त्यही नै प्रतिस्पर्धा बढेर सेवा सुविधा सहज हुन्छ भन्नेहरुको जमात पनि निक्कै धेरै देखिदा केसी भने शहर केन्द्रित अस्पताल र कलेज बिक्रेन्द्रिकृत हुनुपर्ने भनिरहेका छन् ।

केसीले भनेजस्तै प्रमुख राजनीतिक दल देशमा स्वास्थ्य सेवा बिस्तार गर्न नभई मेडिकल शिक्षाको व्यापारमा संलग्न नेताहरुको स्वार्थ पूरा गर्ने गोटी बनेका हुन वा केसी स्वयम कसैको स्वार्थमा परिचालित छन्, यो प्रश्न अनुत्तरित नै छ ।


क्याटेगोरी : शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्