Techie IT
Mission Khabar

विद्यालय पुनःनिर्माणमा २४ अर्ब अपुग, सुस्त निर्माणका कारण विद्यार्थी मारमा


काठमाडौं– भूकम्पबाट क्षति पुगेका विद्यालयको पुनर्निर्माणका लागि २४ अर्ब रुपैयाँ बजेट अपुग देखिएको छ । बजेटकै कारण भत्किएका बिद्यालय भवन बन्न सकेका छैनन ।

भवन अभावमा अहिले पनि हजारौँ विद्यार्थी टहरा र खुल्ला चौरमा अध्ययन गर्न बाध्य छन् । उपत्यकाका एक सय चालिस भन्दा बढी विद्यालय पुनःनिर्माणको पखाईमा रहदा देशका ३२ जिल्लाको पुनर्निर्माण अवस्था झनै सुस्त छ । तीन वर्ष अघिको बिनासकारी भूकम्पले क्षतिग्रस्त बनाएका विद्यालय पुनर्निर्माणका लागि आवश्यक पर्ने बजेट सरकार र स्वयम विद्यालयसँग नहुँदा टहरा र खुल्ला चौरको पठनपाठन अmभै पक्कि भवनमा सरेको छैन । कतिपय विद्यालय निर्माणको काम बिचैमा रोकिएको छ ।

शहरी र सुगम क्षेत्रमा विद्यालय पुनःनिर्माणले केही गति लिएपनि दुर्गम र कोर बस्तीका विद्यालय भवन बन्न सुरु नै गरेका छैनन । दुर्गम र बिकटताको कथा भनिसाध्य छैन । काठमाडौं उपत्यकामै एक सय चािलस भन्दा बढी विद्यालयको पुनःनिर्माण नहुनुले गाउँको व्यथा आफै झल्काउँछ । अझ, कतिपय स्थानमा विद्यालयको स्वामित्वमा आफ्नै जग्गा नहुँदा र स्थानिय सरकारले सहयोग नगर्दा विद्यार्थी र शिक्षक मारमा परेका छन् । पुनःनिर्माणको सुस्तताले उमेर पुगेका विद्यार्थीलाई विद्यालयको पहुँचमा ल्याउने सरकारी अभियान प्रभावित भएको मात्रै छैन, विद्यार्थीको पठनपाठनसँगै शिक्षकको सिकाईमा नकारात्मक प्रभाव परेको छ ।

कस्तो छत ३२ जिल्लाका ७ हजार ९ सय २३ विद्यालयको पुनःनिर्माण अवस्था ?
– हालसम्म ३ हजार ७ सय ८५ विद्यालयको मात्रै पुनःनिर्माण
– ३ सय ७० विद्यालय एकआपसमा गाभिए
– पुनर्निर्माणमा अझै २४ अर्ब रुपैयाँ बजेट अपुग
– चार सय पचास विद्यालयको त आफ्नो स्वामित्वमा जग्गा नै छैन
– भूकम्पबाट काठमाडौंका २ सय ७१ विद्यालयमा क्षति पुगेकोमा ६३ वटा मात्रै पुनःनिर्माण सम्पन्न ७४ बन्दैगर्दा ७० को निर्माण सुरु नै भएन
– ललितपुरका १ सय ६९ विद्यालयमा क्षति पुगेकोमा अहिले ६९ वटा विद्यालय मात्रै टहराबाट पक्कि भवनमा सरेका छन् । बाँकी ४३ वटा बन्ने क्रममा रहँदा ५७ वटाको निर्माण सुरु नै भएको छैन ।
– भक्तपुरका ९७ विद्यालयमा क्षति पुगेकोमा २३ वटा निर्माण सुरु नै भएका छैनन् अहिलेसम्म ९ वटा मात्रै सम्पन्न भएका छन् ।


क्याटेगोरी : शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्