Techie IT
Mission Khabar

आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा ७ बिषय पढ्नुपर्ने, २ बिषय नयाँ


काठमाडौं–आउँदो शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को पाढ्यक्रममा केही परिवर्तन हुने भएको छ । नयाँ पाढ्यक्रम संरचना अनुसार नयाँ  २ बिषय थपेर ७ विषयको पढाई हुने भएको हो ।

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत गरेको नयाँ पाठ्यक्रममा विज्ञान, शिक्षा, व्यवस्थापन, मानविकीजस्ता छुट्टाछुट्टै संकाय रहने छैनन । ११ र १२ लाई विद्यालय शिक्षाअनुसार नै संकाय विहीन बनाइएपछि नेपाली, अंग्रेजी, सामाजिक र जीवन उपयोगी शिक्षा अनिवार्य र २ वटा बिषयलाई ऐच्छिकमा राखिएको छ । ११ र १२ को गणितलाई अनिवार्यबाट ऐच्छिकमा राखिएको छ ।

कक्षा ९ र १० मा अहिलेसम्म ८ विषय पढाइ गरिएकोमा आउँदो शैक्षिक सत्रदेखि स्वास्थ्य तथा जनसंख्या विषय हट्नेछ । कक्षा ६ देखि ८ सम्म पढाइ हुँदै आएको नागरिक वा पेशाव्यवसाय विषय हटेको छ । कक्षा १ देखि ३ सम्म विषयगत शिक्षण गर्ने गरी नयाँ पाठ्यक्रम तयार पारिएको छ ।

बालबालिकालाई मनोरञ्जनका लागि समय छुट्टाइएको नयाँ पाठ्यक्रम व्यवस्थाले प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिएको छ ।


क्याटेगोरी : शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्