Techie IT
Mission Khabar

लसुनका बहुउपयोगिता : खाली पेटमा तातो पानीसँग खाँदा ग्यास्ट्रिक निदान


काठमाडौं — लसुनको खेती सुरु भएको पाँच हजार वर्ष बितिसकेको छ । तर लसुनको बहुउपयोगिता बारे धेरै अझै जानकार छैनन । एकाबिहानै लसुनको टुप्पो सेवन गर्नाले धेरै किसिमका रोगबाट बच्न सकिन्छ । मानव स्वास्थ्यका लागि गुणकारी हुने लसुन एउटा प्रभावकारी एन्टीबायोटिक भएको तथ्य बिभिन्न अध्ययनबाट खुलेको छ ।

लसुनका फाइदाहरु :
– खाली पेटमा लसुन खाँदा पेटका हानिकारक ब्याक्टेरिया नष्ट हुन्छन
– बिहान खाली पेटमा तातो पानीसँग लसुन खादा ग्यास्ट्रिकको निदान हुन्छ
– ग्यास्ट्रिकका लागि मात्रै होइन, लसुन मुसा तथा फंगल संक्रमणका लागि पनि उपयोगी मानिन्छ ।
– लसुन दल्दा छाला सम्बन्धी समस्या हट्छ
– लसुन खाँदा रक्तचाप स्थिर हुने र हाइपरटेन्सन घटाउँछ
– शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ
– लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ भने नियमित सेवनले रुघाखोकीको जोखिम कम गर्छ
– स्नायुप्रणालीको गडबडी रोक्नमा पनि लसुन उपयोगी मानिन्छ


क्याटेगोरी : शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्