Techie IT
Mission Khabar

यो वर्षपनि केन्द्रबाटै एसइई, परीक्षा सञ्चालनको क्षेत्राधिकार बारे स्थानीय तह र प्रदेश बेखबर


काठमाडौं– सङ्घीयताको कार्यान्वयन भैरहेको सन्दर्भमा यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेश स्तरबाट हुनुपर्ने थियो । तर संविधानतः माध्यमिक तहसम्मको शिक्षाको सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकार र स्थानी तहको अधिकार साझा क्षेत्रमा रहेपनि तयारी पुरा नभएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले नै यस वर्षको कक्षा १० को परीक्षा सञ्चालनको तयारी सुरु गरेको छ ।

आगामी चैतमा हुने परीक्षाका लागि बोर्डले आवेदन फारम माग गरिसकेको छ । शिक्षा (आठौँ संशोधन) ऐन, २०७३ जारीपछि तत्कालीन उच्चमाध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण थियो । जहा हाल साबिकको परीक्षा नियन्त्रण कार्यालय पनि समावेश भएको छ । केन्द्र सरकारले कक्षा १० को परीक्षा प्रदेश सरकारको मातहतमा सञ्चालनका लागि कुनै कानूनी र नीतिगत निर्णय गरेको छैन ।

अझ, प्रदेश सरकारले यसबारेमा कानूनी र नीतिगत आधार तर्जुमा नगर्दा स्थानीय सरकारमा सरेको शिक्षाको अधिकार केन्द्रमै खुम्चिएको छ । कक्षा ८ को परीक्षा भने स्थानीय तहबाट सञ्चालन हुँन थालेको छ ।


क्याटेगोरी : शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्