Techie IT
Mission Khabar

कक्षा ११ को परिक्षाफल सार्वजनिक, जीपीए नतिजा बर्षेनी खस्किदो


काठमाडौं– कक्षा ११ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार परिक्षाको नतिजा सार्वजनिक गरेको हो । परिक्षाफल अनुसार नियमिततर्फ जीपीए ३.६१ देखि ४ सम्म ल्यउने विद्यार्थी १ हजार १ सय ४५ रहेका छन् ।

८ हजार ९ सय ४९ ले जीपीए ३.२१ देखि ३.६० अंक ल्यउदा २४ हजार ५ सय १५ ले जिपिए २.८१ देखि जिपिए ३.२० प्राप्त गरेका छन् । ४८ हजार ७ सय ३१ ले जीपीए २.४१ देखि २.८० सम्म पाएकोमा ८६ हजार सात सय ७० परीक्षर्थीले २.१ देखि २.४० सम्म जीपीएको नतिजा प्राप्त गरेका छन् । यस्तै, ९२ हजार ५ सय ९३ ले जीपीए १.६१ देखि २ सम्म, ४१ हजार ४ सय ६ ले जीपीए १.२१ देखि १.६० पाएका छन् । आठ हजार १ सय २७ ले जिपिए ०.८१ देखि १.२० सम्म र २० हजार ६ सय ८५ परीक्षार्थीले जीपीए ० देखि ०.८०सम्म आएको छ ।

आंशिकको अंक पद्धतिमा ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । अंकतर्फ १५ हजार ३ सय ३३ जना उत्तीर्ण छन् । १ सय ३१ जनाको परीक्षाफल रद्ध गरिएको परिक्षामा नियमिततर्फ ३ लाख ३२ हजार ८९१ विद्यार्थी, आंशिकतर्फको अक्षरांकनमा १ लाख ७६ हजार ९५ र अंक प्रणालीमा ३९ हजार ५ सय ५ विद्यार्थी सहभागी थिए ।

नतिजा http;|/www.neb.gov.np वा http;|/neb.ntc.net.np  मा हेर्न सकिने परिक्षा बोर्डले जनाएको छ । neb symbol no टाइप गरेर १६०० मा एसएमएस पठाएर पनि नतिजा थाहा पाउन सकिनेछ । ग्रेडिङ प्रणलीमा नतिजा प्रकाशन सुरु भएसँगै फेल नहुने भन्दै विद्यार्थीले मेहनत गर्न छाडेका छन् भने बर्षेनी नतिजा खस्किदै गएको छ ।


क्याटेगोरी : शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्