Techie IT
Mission Khabar

जाडोसँगै बढ्ने कोलेस्ट्रलको जोखिम, निवारका केही उपाय


काठमाडौं – जाडो बढेसँगै अल्झेहरुको संख्या पनि बढ्छ हाम्रो देशमा । किन कि युरोप अमेरिका जस्तो यहाँ समयको महत्व हामी कसैले बुझेका छैनौँ । हामीलाई त केवल अल्छी बन्ने बहाना मात्रै चाहिएको छ । तर चिसो छ भनेर अबेरसम्म अनि धेरैबेरसम्म ओछ्यानमा बस्ने बाँनी तपाई हाम्रै लागि घातक हुनसक्छ ।

चिकित्सकका अनुसार जाडोयाममा शारीरिक अभ्यास गर्न अल्छी मानेर बस्दा शरीरमा कोलेस्ट्रोल बढ्ने खतरा बढी रहन्छ । यो सिजनमा घाम कम लाग्ने कारण शरीरले भिटामिन डी कम मात्रामा सोस्न पाउँछ । भिटामिन डीको कमी भएमा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ । यसले कलेजो सम्बन्धी विभिन्न रोगको जोखिम बढाउँछ । चिकित्सकहरु भन्छन्–नियमित शारीरिक अभ्यास गरेको खण्डमा कलेजो सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

मौसम अनुसार खानपिन अलग अलग हुनेकारण शरीरमा कोलेस्ट्रोलको मात्रा घटबढ भइरहन्छ । यसमा सचेत भइएन भने सामान्य कमजोरी भोली ठूलो समस्या बनेर आउँछ । अझ,मोटोपनबाट समस्याग्रस्त र मधुमेहको समस्या भएका व्यक्तिमा ८० प्रतिशतसम्म कलेजो सम्बन्धी रोगको जोखिम रहन्छ । चिसोमा अल्कोहल पिउनु पनि ठिक नहुने चिकित्सकको सुझाब छ । प्रशस्त मात्रामा घाम लागेको बेला शरीरले पर्याप्त मात्रामा भिटामिन डी सोस्न पाउँछ । यस्तो भएमा पनि जोखिम कम हुन्छ ।

यस्तै, लसुन खाँदा यसले शरीरमा रहेको विषाक्त तत्वलाई हटाउँछ । जाडोमा लसुनको सेवन पाइदाजनक मानिन्छ । कलेजो सफा गर्ने सेलेनियम र अलिसिन तत्वलाई बढाउन लसुनले मद्दत गर्छ । ग्रीन टी पिउँदा पनि शरीरमा रहेको विषाक्त तत्वलाई हटाएर लिभर सफा हुने चिकित्सकको सुझाब छ ।


क्याटेगोरी : शिक्षा / स्वास्थ्य, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्