Techie IT
Mission Khabar

क्वारेन्टाइनबाट भागेका व्यक्तिबाट नेपालगञ्जमा फैलिदै कोरोना, नेपालमा संक्रमितको संख्या ७५ पुग्यो


काठमाडौं नेपालगञ्ज । बाँकेको नेपालगञ्ज नगरपालिका १ धम्बोझी क्षेत्रका १५ जना र पर्साको वीरगञ्जमा एक जनामा कोरोना पहिचान भएसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ ।

एकै दिन १५ जना कोरोना संक्रमित भेटिएपछि संक्रमितहरु बस्दै आएको क्षेत्रका साथै नेपालगञ्जका अन्य क्षेत्रसील गर्न थालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १ धम्बोझीमा प्रहरी, स्वास्थ्यकर्मी र अत्यावश्यक कामबाहेकलाई वडामा प्रवेश निषेध गरिएको छ । संक्रमितको संख्या थपिएसँग नेपालगञ्जका स्थानीय त्रसिद बनेका छन् ।

नेपालगञ्जमा संक्रमण पहिचान भएका सबैको बाँकेको खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार हुनेछ ।

संक्रमितको संगतमा रहेका व्यक्ति पछ्याउँदा थप पहिचान

तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको स्वाब परिक्षणका क्रममा १५ जनामा संक्रमणको पुष्टि भएको हो । मस्जिद र मदरसामा कोरोना परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजान गर्ने ६० वर्षीया व्यक्तिमा वैशाख १९ गते संक्रमणको पुष्टि भएको थियो ।

उनी वडा नम्बर ७ डीएसपी रोडका बासिन्दा हुन् । उनी हरेक दिन वडा नम्बर ८ को महेन्द्रपार्क नजिकको अन्सारी मस्जिद पुग्थे । मुस्लिम समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र नमाज पढ्न सिकाउँथे । भारत आउजाउ गरिरहने उनी पछिल्लो पटक लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएर स्वदेश फर्किएक थिए । चैत १० गते बाँकेको जमुनाह नाकाबाट उद्धार गरेर महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका करिब ६ सयमध्ये आँधा व्यक्ति बस्ने खाने राम्रो व्यवस्था नभएको भन्दै भाग्नेक्रममा उनी पनि त्यही समुहमा भागेको पाइएको छ ।

यद्यपि उनलाई कहाँबाट कसरी कोरोना संक्रमण भयो भन्ने एकिन भएको छैन । संक्रमित व्यक्तिको कन्ट्याक ट्रेसिङका आधारमा ९० जनाको थ्रोट स्वाब संकलन गरेकोमा ६० जनाको रिपोर्ट आउँदा १५ संक्रमित पहिचान भएका छन् ।संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको खोजी तथा स्वाब परीक्षणलाई तिब्रता दिइएको छ । नेपालगञ्जमा मात्रै कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्