Techie IT
Mission Khabar

पछिल्लो २४ घण्टामा थपिए १८९ संक्रमित, ५३ जिल्लाका १४ सय बढीमा संक्रमण


काठमाडौं । पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या एक हजार ४ सय १ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कपिलवस्तुका १०९, सर्लाहीका १७, दैलेखका १४ जना, सिरहाका ११, सप्तरीका ९, धनुषाका ७, रौतहटका ६, दाङका ५, महोत्तरीका ४, पर्साका २, संखुवासभाका २, झापाका १, ललितपुरका १ र बाराका १ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये अहिलेसम्म २ सय १९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना गरेर १३ जना डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणका कारण सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ । क्‍वारेन्टाइनमा रहनेको संख्या शनिबार साँझसम्म १ लाख १० हजार ८८ पुग्दा देशभरी १ हजार १ सय ७६ जना आइसोलेसनमा छन् ।


क्याटेगोरी : शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्