Techie IT
Mission Khabar

काठमाडौं विश्वकै प्रदूषित शहर, बाहिर निस्किदा आँखा पोल्ने र घाँटी खसखसाउने समस्या


काठमाडौं । नेपालको राजधानी काठमाडौं विश्वको वायु प्रदूषित शहरको सूचिमा एक नम्बरमा परेको छ । वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमले काठमाडौंलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राख्दा चीनको राजधानी बेइजिङ दोश्रो नम्बरमा परेको छ ।

आईक्यू एयरको शुक्रबारको विवरण अनुसार काठमाडौंको वायु प्रदूषण (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) १ सय ९४ पुगेको छ । सामान्यत राम्रो वायुका लागि एक्यूआई ५० भन्दा कम हुनुपर्छ । एक्यूआई ३ सय भन्दा माथि पुग्नु स्वास्थ्यका लागि अति नै हानिकारक मानिन्छ ।

काठमाडौंको वायु प्रदूषण बढ्नुको कारण
दक्षिणी छिमेकी मुलुक भारतबाट उडेर आएको धुलोका कारण काठमाडौं उपत्यकाको वायु प्रदूषित भएको आँकलन गरिएको छ । सुक्खा धुलो मिश्रित हावाका कारण तुवाँलो बढ्दा वायु प्रदूषित भएर शुक्रबार काठमाडौंबासीले आँखा पोल्ने र घाँटी खसखसाउनेलगायतका स्वास्थ्य समस्या महसुस गरेका थिए। जल तथा मौसम विज्ञान विभागकी मौसमविद सजिना शाक्यका अनुसार भारतको राजस्थान, हरियाणा, पञ्जाबस्थित थार मरुभूमिबाट उडेर आएको धुलोको प्रभाव उपत्यकामा देखिएको हो ।

वायु प्रदूषित हुँदा काठमाडौंको हवाई उडानसमेत प्रभावित भएको थियो। सुख्खा मौसम र खडेरिका कारण केही समय प्रदुषण नहट्ने आँकलन गरिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्