Techie IT
Mission Khabar

करोडौँले हेरेको ‘पिर’ गीतको भिडियोबाट हटाइयो ‘यौनकर्मी’को दृश्य, के–के भयो संशोधन ?


काठमाडौं । सर्वजनिक गरेको केही दिनमै चर्चित बनेको गीत पिरको भिडियोबाट गायक प्रकाश सपुतले यौनकर्मीको दृश्य हटाएका छन् । अघिल्लो हप्ता सार्वजनिक सपुतको गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश गरिएको बारे माओवादी नेताहरुले चर्को विरोध गरेपछि सम्पादन गरिएको हो ।

शनिबार दिउँसो गायक सपुतले उक्त गीतको अर्को भिडियो अपलोड गरेका छन् । जुन भिडियोमा पुरानो भिडियोमा रहेको यौन व्यवसाय झल्किने दृश्य हटाइएको छ । सोही भिडियोलाई लिएर माओवादी केन्द्रका कतिपय नेता कार्यकर्ताले गीतको आलोचना गर्दैआएका थिए । माओवादीका नेता कार्यकर्ताहरुले जनयुद्धको अपमान गरेको भन्दै गीत हटाउन चेतावनी समेत दिएका थिए ।

गायक प्रकाश सपुतले आफ्नो उद्देश्य जनयुद्धले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको देखाउन मात्र खोजेको प्रष्टीकरण दिएका थिए । कसैको भावनामा चोट पुगेको भए आफूले माफी माग्ने बताउँदैआएका सपुतले गीतको भिडियो नै सम्पादन गरेर बिरोध छल्न खोजेका छन् ।




क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, मनोरन्जन, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्