Techie IT
Mission Khabar

पुरुषमाथी थप दबाब : कर्के नजरले केटी जिस्क्याउँदै हुनुहुन्छ, होसियार !


काठमाडौं– एकपछि अर्को गर्दै महिलामैत्री कानुन बन्न थालेपछि पुरुष हिंसाको खतरा बढ्न थालेको छ । महिलाहरु मात्रै होइन, बिस्तारै पुरुषहरु समेत हिंसाको सिकार बन्दैगर्दा कानुन भने पुरुषमाथी मात्रै औँला उठाउने खालका बनेका छन् । अब गलत नियतले महिलामाथि कर्के नजर लगाए मात्रै पनि अपराध ठहर्नेछ ।

कुनै महिलाप्रतिको हेराइ ‘गलत’ आशयमा छ भने त्यस्ता पुरुषमाथि आशय करणीसम्बन्धी कारबाही हुनेगरी मुलुकी ऐनजस्तै मुलुकी अपराध(संहिता)ऐन २०७४ बनेपछि पुरुष थप हिंसाको सिकार हुने निश्चित छ । महिलाको मञ्जुरीविना कुदृष्टि वा ‘नजर’ लगाई करणीको अशयले हेरेमा, शरीका संवेदनशील अंग छुने प्रयास गरेमा, अश्लील शब्द प्रयोग गरेमा वा अश्लील शब्दले गाली गरेमा यौन दुव्यवहारको अपराध ठहर्नेछ । यी बाहेक लिखित, मौखिक, सांकेतिक भाषा, तस्विर, चित्र देखाई वा विद्युतीय उपकरण मार्फत यौन आशयले जिस्काएमा, अस्वाभाविक, अवाञ्छित र अमर्यादित व्यवहार गरेमा पनि कानुनी कारबाहीको भागिदार हुनुपर्नेछ ।

महिलालाई इच्छाविपरीत छुने र जिस्क्याउने कार्यलाई अपराध मानेको मुलुकी फौजदारी संहिताले ऐन आगामी भदौबाट लागू हुने छ ।


क्याटेगोरी : देश / प्रदेश, मनोरन्जन

तपाईको कमेन्ट लेख्नुहोस्