Techie IT
Mission Khabar

अनुरागले नेतालाई पुर्यायो हलमा, निर्माता धमला भन्छन्– समाजमा सकारात्मक चेतना भर्ने नयाँ अभियान


काठमाडौं– सञ्चारकर्मी ऋषि धमला । निक्कै व्यस्त हुने उनी, प्रायः अधिकांश कार्यक्रममा देखिन्छन् । प्राय राजनीतिक कार्यक्रम र घटनाक्रममा आफै सहभागी भएर खबर संकलन गर्ने ऋषिले थुप्रै टेलिभिजन कार्यक्रम चलाएका छन् ।

धमलाको हमला एउटा चर्चित टेलिभिजन कार्यक्रम हो । उनै धमलाको सञ्चारकर्मले धेरैलाई रोजगारी दिएको छ, भने धेरैले अप्रत्यक्ष रुपमा सहयोग पाएका छन् । तर उनी केहीमाझ अलोकप्रिय पनि छन् । उनको हाउभाउ र प्रस्तुतीलाई लिएर सामाजिक सञ्जालमा व्यंग्य समेत हुनेगरेको छ ।

एकाबिहानैदेखी मध्यरातसम्म खटिनसक्ने उनै ऋषि धमला पछिल्लो समय चलचित्र निर्माता बनेका छन् । उनको फेरिएको पहिचानले राजनीति कर्ममा रमेकाहरुलाई पनि फिल्म हलसम्म पुर्याएको छ । बुधबार कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल नेता अर्जुननरसिंह केसीले हलमा पुगेर अनुराग फिल्म हेरे । प्रेम कहानी समेटिएको चलचित्रलाई थुप्रैले युवाका लागि सिकाईका रुपमा ब्याख्या पनि गरेका छन् । केही दिनअघि पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपसभामुख शिवमाया तुम्बाहाम्फे लगायतले पनि यो चलचित्र हेरेका थिए ।

गत शुक्रबारवाट प्रदर्शन शुरु भएको अनुराग चलचित्रमा समुन्द्र पण्डित र एजिला गौतमको अभिनय छ । सत्यराज चौँलागाईको निर्देशन रहेको यो फिल्मका निर्माता ऋषी धमला हुन् । उनले चलचित्र उद्योगको सिण्डिकेट तोडेर समाजमा सकारात्मक चेतना विस्तार गर्न आफूले चलचित्र निर्माणलाई पनि पत्रकारितासँगै अघि बढाएको बताए ।


क्याटेगोरी : देश / प्रदेश, मनोरन्जन, सकारात्मक सोच, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्