Techie IT
Mission Khabar

रात्रीकालिन मनोरञ्जनात्मक स्थलमा १८ बर्ष मुनिकालाई प्रवेश रोक, लोकप्रियताको खेती की सुधारको अभियान ?


काठमाडौं– डिस्को, डान्स, पव, बार लगायतका मनोरञ्जनात्मक स्थलमा अब १८ बर्षभन्दा कम उमेरका बालबालिकाको प्रवेशलाई गैह्रकानुनी मानिने भएको छ । प्रहरीले यस्ता मनोरञ्जनात्मक स्थानमा बालश्रमिकको प्रयोग बढेको र पढ्ने उमेरमा यस्ता स्थानमा रम्ने लतमा फसेको पाइएपछि प्रवेशमै प्रतिबन्ध लगाएको हो ।

बालबालिकासम्बन्धी ऐन ०७५ लाई कडाईका साथ लागू गरिएपछि कामदारका रुपमा वा रमाइलोका नाममा कामठाडौंका मनोरञ्जनस्थल डिस्को, पव, दोहोरी साँझ, लाउन्ज बार मा १८ वर्ष भन्दा कम उमेरकाले प्रवेश पाउने छैनन । बालबालिकाकाको मानसिकतामा भड्कीलो लवाईखवाई अनावश्यक लत रोक्न चालिएको कदमपछि अब डिस्को, पब, दोहोरी साँझ या लाउन्ज बार सञ्चालकले अनिवार्य रुपमा उमेर खुल्ने कागजात हेरेर मात्रै प्रवेश अनुमति दिनुपर्ने भएको छ । अनि यस्ता विशेषगरी रात्रीकालिन समयमा सञ्चालन हुने मनोरञ्जनात्मक स्थल पुग्नेहरु स्वयमले पनि उमेर खुल्ने कागजात अनिवार्य रुपमा बोक्नुपर्ने भएको छ ।

बिशेषगरी बालिकाहरुको दुरुपयोग र रमाइलोका नाममा सामाजिक मुल्यमान्यताको परिधी नाघ्ने परिपाटी अन्त्य गर्न यो अभियान चालिएको देखिन्छ । प्रहरी नेतृत्व फेरिएसँगै विभिन्न अभियानका नाममा जनस्तरमा नजिक र लोकप्रिय बन्न खोजेजस्तो गर्नु निरन्तरको परम्परा जस्तै बनेको छ । तर यसको उपलब्धिमा बिशेष ध्यान नदिदासम्म, प्रहरी मेरो साथी, टोलटोलमा प्रहरी भन्दै नाम फेरेर अभियान चलाउनुले मात्रै समाजमा स्थायीत्व र शान्ति स्थापित हुने देखिदैन ।

देखाउन हैन साच्चै केही परिवर्तन ल्याउन अभियान चालिनुपर्छ । यसैमा प्रहरी, राष्ट्र र नागरिकको भलाई छ । साथसाथै सकारात्मक अभियान उसको र मेरो नाममा ओझेलमा पार्ने होइन्, यस्तो कदमलाई निरन्तरता दिइनुपर्छ ।


क्याटेगोरी : देश / प्रदेश, मनोरन्जन, सकारात्मक सोच, समाचार, होटल / रेस्टुरेन्ट
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्