Techie IT
Mission Khabar

नेपाली चेली श्रृङ्खला ‘मल्टिमिडिया’ र ‘ब्यूटी विद अ पर्पस’ अवार्ड सहित मिस वल्डको अन्तिम ३० मा


काठमाडौं–चीनमा जारी मिस वल्ड २०१८ को हेड टु हेडबाट बाहिरिएकी नेपाली चेली श्रृंखला खतिवडाले ‘ब्यूटी विद अ पर्पस अवार्ड’ जितेकी छिन् । मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल श्रृंखला आफैले सामाजिक सञ्जाल मार्फत अवार्ड बारे जानकारी दिएकी हुन् ।

आफूले मल्टिमिडिया अवार्ड जितेकोमा खुशी साट्दै श्रृंखलाले सबै नेपालीलाई धन्यवाद दिएकी छन् । उनले लेखेकी छिन्–‘एण्ड, आई वन द ब्यूटी विद अ पर्पस अवार्ड, रुँदा रुँदा आँखा सुन्निन लाइसक्यो । बल्ल टाइम पाएँ हजुरहरुसँग शेयर गर्नलाई ।’ श्रृंखलाले मकवानपुर जिल्लाको चेपाङ बस्तीमा हेल्थपोष्ट निर्माण गर्ने पर्पस अर्थात उद्धेश्य मार्फत अवार्ड हात पारेकी हुन् ।

मिस वल्डको अन्तिम ३० मा सुरक्षित बनेकी उनी अन्य बिधाका लागि पनि अझै प्रतिस्पर्धी छिन् । यसअघि इशानी श्रेष्ठले यो उपाधि जितेकी थिइन् ।


क्याटेगोरी : देश / प्रदेश, मनोरन्जन, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्