Techie IT
Mission Khabar

मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरीलाई, श्रृङ्खला खतिवडाले बनाइन उत्कृष्ट १२ को रेकर्ड


काठमाडौं/एजेन्सी–थाइल्याण्डकी निकोलिन लिम्सनुकनलाई पछिपार्दै मेक्सिकोकी सुन्दरी वानिसा पोन्सले मिस वर्ल्ड २०१८ को उपाधि जितेकी छिन् ।

चीनको सान्यामा जारी मिस वर्ल्ड प्रतियोगिताको उपाधि जितेकी मेक्सिकोकी सुन्दरी पोन्सलाई मिस वर्ल्ड २०१७ कि बिजेता भारतीय सुन्दरी मानुसी सिल्लरले ताज पहिराएकी थिइन् । यसअघि, मिस वर्ल्ड यरोपको उपाधि सहित बेलारुसकी मारिया वासिलेबिच, मिस वर्ल्ड अमेरिकाको उपाधि सहित मेक्सिकोकी वानिसा पोन्स, मिस वर्ल्ड अफ्रिकाको उपाधि सहित युगाण्डाकी क्विन एवेनाक्योले अन्तिम पाँचमा स्थान बनाए । यस्तै, मिस वर्ल्ड क्याराबियनको उपाधि सहित जमाइकाकी कादिजा रोविन्सन र मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जित्दै थाइल्याण्डकी निकोलिन लिम्सनुकनले आफूलाई उत्कृष्ट पाँचमा सुरक्षित राखे ।

एसिया ओसियानाबाट नेपालसहित न्युजिल्याण्ड र थाइल्याण्डका सुन्दरी अन्तिम १२ मा परेपनि मिस नेपालकी श्रृङ्खला खतिवडाको मिस वर्ल्र्ड यात्रा शिर्ष १२ मै टुंगिएको थियो । अफ्रिकाबाट युगाण्डा र मरिसस, अमेरिकाबाट मेक्सिको, पानामा, क्यारावियनबाट जमैका र माराटिनिक युरोपबाट स्कटल्याण्ड, फान्स र बेलारुसका सुन्दरीले उत्कृष्ट १२ मा स्थान बनाए ।


क्याटेगोरी : मनोरन्जन, विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्