Techie IT
Mission Khabar

दर्शकको अपार मायाले दिलाएको एउटा सफलता,अछामका रवि ओड बने नेपाल आइडल सिजन–२ विजेता


काठमाडौं । अछामकारवि ओड मनोरञ्जन विधामा सर्वाधिक चासोका साथ हेरिएको नेपाल आइडल सिजन–२ को विजेता बनेका छन् । टाइटल जितेसँगै रविले २२ लाख नगद र गोल्डेन माइक पाएका हुन् ।

गोल्डेन माइक अन्तर्गत उनले एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्ड टुरको अवसर पाएका छन् । दर्शकबाट सर्वाधिक धेरै भोट पाएको आधारमा उनी विजयी बन्न सफल भएका हुन् । यस्तै, पोखराका विक्रम बराल फस्ट रनर अप भएका छन् । उनले २० लाखको चेक पाएका छन् । दर्शकको भोटकै आधारमा झापाका सुमित पाठक सेकेण्ड रनर अप भए उनले १२ लाख बराबरको चेक पाए । दोस्रो संस्करणको नेपाल आइडलमा थर्ड रनर अफ भएकी झापाकै अस्मिता अधिकारीले होन्डाको तर्फबाट स्कुटर प्राप्त गरेकी छन् ।

अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वक ग्रुपका सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले नेपाल आइडल सिजन–२ का विजेतालाई पुरस्कृत गरेका थिए । अघिल्लो बर्ष यूएईमा भएको आइडल ‘फिनाले यो बर्ष ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको थियो ।


क्याटेगोरी : देश / प्रदेश, मनोरन्जन, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्