Techie IT
Mission Khabar

हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड दोहामा आयोजना हुँदै, माघ १८ गतेको मिति तय


काठमाडौं– हिमालयन नेपाली ईभेन्ट्स प्रा.लिले ‘हिमायलयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९’ को आयोजना गर्ने भएको छ । आगामी माघ १८ गते (फ्रेबअरी १ तारिख) कतारको दोहामा ३७ विधामा अवार्ड वितरण गर्ने गरी तयारी थालेको आयोजकले जानकारी दिएको हो ।

अवार्डका संयोजक डि.एन घिसिङले संस्थाले २०१८ मा मलेसियामा यस्तै अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम सम्पन्न गरिसकेको भन्दै यो अवार्ड सफलताका साथ सम्पन्न गर्ने बताए । विदेशमा गरिने कार्यक्रमहरु निक्कै महँगो हुनेभएपनि अनुभव र अभ्यासका आधारमा अभियानमा सफल हुने दाबी गरे । हिमालयन नेपाली ईभेन्ट्स प्रा.ली.का उपाध्यक्षसमेत रहेका घिसिङले असली सर्जक र सिर्जनाको उचित मुल्याङकन गरिने बताएका छन् । अवार्डका मुख्य निर्णायक मिलन मोक्तानले गीत संगीतको बजार ब्यापक बन्दै गएको भन्दै प्रतिभा छनौटमा विभेद नहुने बताए । नेपाली कलाकारको जीवन दयनीय भएको भन्दै मोक्तानले गीत संगितको सुविधा बापतको रोउल्टी उठाउने प्रचलन सुरु गर्न सकेमात्रै बरालिने कलाकारहरुको जिवनस्तर सहज हुने बताए । घिसिङ सांगीतिक संघ नेपालका अध्यक्ष समेत हुन् ।

हिमालयन नेपाली ईभेन्ट्स प्रा.लि.का निर्देशक सविन घिसिङले आगामी माघ १८ गते कतारमा सम्पन्न हुने अवार्डमा कलाकारलाई ३७ विधामा सम्मान गरिने जानकारी दिए । अवार्डको तयारीमै रहेको भन्दै उनले पुस १४ गते शनिबार राजधानीको लाजिम्पाटस्थित् किङ्स प्यालेस रोधी क्लब एण्ड पप भेन्युमा उत्कृष्ठ पाँच छनौट गर्ने र सर्बोत्कृष्ट एकलाई छनोट गरेर कतारमा अवार्ड प्रदान गरिने बताए । अवार्डको निर्णायकमा मोक्तानसहित वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, उन्नती शिला बोहरा, उवन वाङ लामा, विक्रमजंग शाह, रोज मोक्तान, अन्ना स्टीर लगायत छन् ।

‘सृजनाको मुल्याङकन स्रष्टाको सम्मान, नेपाली संगीतको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुलका नारा एवम् मिडिया टप, नेपालको सहकार्यमा सम्पन्न हुने अवार्डमा उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट आधुनिक गीत, उत्कृष्ट लोक तथा दोहोरी गीत,उत्कृष्ट तामाङ सेलो, उत्कृष्ट तामाङ म्हेन्दोमाया गीत, उत्कृष्ट लोक पप, उत्कृष्ट गायक/गायिका, उत्कृष्ट मोडल लगायतका ३७ विधामा अवार्ड वितरण गरिदैछ ।


क्याटेगोरी : देश / प्रदेश, मनोरन्जन, विश्व / विविध, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्