Techie IT
Mission Khabar

थपिए १० कोरोना संक्रमित, ६९ जना संक्रमित पहिचान हुँदा लकडाउनको रणनीति बदल्दै सरकार


काठमाडौं । बाँकेको नेपालगञ्जमा ९ जनामा र पर्साको वीरगञ्जमा एक जनामा संक्रमण पहिचान भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा ७ देखि ५८ बर्ष उमेर समुहका ५ पुरुष र ४ महिला र पर्साको वीरगञ्जमा एक जनामा कोरोना संक्रमण पहिचान भएको हो ।

बाँकेमा १९ वैशाखमा संक्रमण पुष्टि भएका एक पुरुषको सम्पर्कमा आएका परिवारका ७ सदस्यसहित ९० जनाको नमुना परीक्षण गर्दा ९ जनाको रिपोर्ट पोजेटिभ पाइएको छ । संक्रमण पहिचान भएका सबैलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरिनेछ । आइतबार नै वीरगञ्जमा थप एक जनामा कोरोना संक्रमण पहिचान भएको थियो । कोरोना संक्रमितबाट अन्यमा सर्ने क्रममा देखापर्दैगर्दा सरकार भने तीन चरणमा कोरोना पहिचान क्षेत्रका रुपमा सिंगो देशलाई विभाजन गरेर लकडाउनको रणनीति बदल्ने तयारीमा देखिएको छ ।

कोरोना संक्रमणको जोखिम नरहेका हिमाली र पहाडी क्षेत्रलाई ग्रीन जोनमा राखेर पुर्णरुपमा चलायमान गराउने, कोरोना पहिचान भएपनि संक्रमण शून्य भएका र जोखिम न्यून भएको भुगोललाई एल्लो जोनमा राखेर विशेष व्यवसाय बजार पसल मात्रै सञ्चालन गराउने र रेड जोनमा संक्रमण देखिएका र जोखिममा रहेका क्षेत्रलाई राखेर पुर्णरुपमा महामारि नियन्त्रण नभएसम्म लकडाउन गर्ने तयारी भैरहेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्