नेकपाका दुबै पक्ष आ–आफनै रणनीतिमा, सांसदहरु एउटै रोष्टममा बस्लान कि अलग ?

काठमाडौं । फागुन २३ गते संसद बैठक बस्ने निश्चित भएसंगै सत्तारुढ नेकपाका दुवै समुह रणनीती बनाउन जुटेका छन । आन्तरिक रुपमा दुवै समुह कमजोर हुने हो कि भन्ने त्रासमा रहेपनि आफूतिर संसदीय दलमा बहुमत भएको दावी गरिरहेका छन् ।
भिन्नाभिन्नै तरीकाले आफ्ना कामकारवाही अगाडी बढाईरहेका नेकपाका दाहाल–नेपाल समुह र ओली समुह राष्ट्रिय राजनीतीमा दुई विपरीत धुव्रमा देखिएका छन् । औपचारीक रुपमा विभाजीत नभएका भएपनि नेकपाका यी दुई समुहहरुका बिचमा एउटा पार्टी जस्तो कुनै गतिबिधि देखिदैन । बरुदुवै समुहले एक अर्का पक्षका शिर्ष नेता देखि केन्द्रीय सदस्य र प्रदेश कमिटी सदस्यहरुलाई निरन्तर कारवाही गरेर आफू बिरोधीलाई सिध्याउने गतिबिधि जारि राखेका छन् ।
प्रधानमन्त्रीले संसद बैठक सुरु हुदा सम्म पनि राजीनामा नदिए अविश्वासको प्रश्ताव मार्फत हटाउने दाहाल–नेपाल समुहको तयारी छ । अविश्वासको प्रश्तावको निम्ती आफुसंग प्रयाप्त सांसद नरहेकाले प्रतिपक्षी कांग्रेस र जसपाको समर्थन जुटाउन यो समूह लागिपरेको छ ।सरकारको नेतृत्व गरीरहेका केपी शर्मा ओलीले बारम्बार राजीनामा नदिने बताउदै आईरहेका छन् । दाहाल–नेपाल समुहले भने संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई कारवाही गरीसकेको छ । तर पनि आफुहरु संग बहुमत सांसद रहेको ओली पक्षको दावी छ । संसदमा अविश्वासको प्रश्ताव सामना गर्ने अवस्था आएमा पनि अधिकांश सांसद प्रधानमन्त्री ओलीको पक्षमा उभिने र उक्त प्रश्ताव असफल हुने विश्वासमा नेताहरु छन् ।
पानी बाराबारको अवस्थामा पुगेका नेकपाका दुई समुहबीच एकताको कुनै सम्भावना देखिदैन । आउँदो संसद बैठकमा एकअर्कालाई कमजोर देखाउने तयारीमा जुटेका दुई समुहमा को बलियो हेर्न आइतबारको बैठक कुनुपर्ने हुन्छ । अझ संसद बैंठक सुरु हुँदा पार्टी विभाजन नै नभएका यी दुई समूहका सांसद एकै ठाउँमा बस्छन वा प्रतिपक्षीको स्थानमा हेर्न बाँकी नै छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि
ट्याग : #breaking
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्