Techie IT
Mission Khabar

बालुवाटार जग्गा प्रकरण : पूर्वमन्त्री गच्छदार र अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातसहित ३ सय पक्राउ पर्दै


काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूर्वमन्त्री विजय गच्छदार र अख्तियारका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातविरुद्ध पक्राउ पुर्जी लिएको छ । सीआईबीलाई जिल्ला अदालत काठमाडौंले ३ सय बढीलाई पक्राउ अनुमति दिएकोमा गच्छदार र दिप बस्न्यात लगायत तत्कालीन कतिपय मन्त्री र सचिवहरु समेत परेका हुन ।

यी सबै अभियुक्तहरु उपर कात्तिक २७ गतेभित्र किर्ते मुद्दा दर्ता हुनेछ । यसअघि अख्तियारले पनि उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । गच्छदार र बस्नेत सहित तीन सय जनाभन्दा बढीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीलाई अनुमति दिएसँगै सीआइबीले धरपकड सुरु गर्ने आँकलन गरिएको छ । बालुवाटार जग्गा अनियमितता प्रकरणको अनुसन्धान गरिरहेको सीआइबीले जिल्ला अदालतसमक्ष उनीहरुका नाममा पक्राउ अनुमति माग गरे अनुसार काठमाडौं जिल्ला अदालतले अनुमति दिएपनि थप कारबाही कसरी अघि बढ्ने हो चौतर्फी चासो छ । जग्गा अनियमिततामा संलग्न रहेको आरोपमा करिब चार सय जनामाथि केन्द्रित रहेर अनुसन्धान गरिएको र तीन सयभन्दा बढीलाई पक्राउ गर्न अनुमति लिइएको छ ।

एकैपटक ठुलो संख्यामा पक्राउ गरेर अनुसन्धान गर्न सहज नहुने भन्दै संलग्नता र कसुरको मात्रा हेरेर क्रमशः पक्राउ गर्दै बयान लगायतका आवश्यक अनुसन्धान प्रक्रिया पूरा गर्ने जनाइएको छ । ललिता निवास जग्गा अनियमितताबारे सीआईबीसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरेर कारबाहीका लागि अदालती प्रक्रिया अपनाइरहेको छ ।


क्याटेगोरी : खोज / मिसन, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्