एम्बुलेन्सको चरम दुरुपयोग, कम जाँचको फाईदा उठाउँदै बोकिन्छ लागूऔषध र तस्करीको सरसामान !

काठमाडौं । एम्बुलेन्स, बिरामीहरुलाई उपचारका लागि स्वास्थ्य संस्था वा अस्पतालसम्म पुर्याउन प्रयोग गरिने यातायातको साधन । तर नेपालमा बिरामी बोक्न प्रयोग गरिने अत्यावश्यक एम्बुलेन्स दुरुपयोग बढ्दो क्रममा पाइएको छ ।
अन्य सवारी साधनको तुलनामा निक्कै कम आशंकासहित जाँच गरिने भएकाले एम्बुलेन्सलाई अपराधीक गतिबिधिमा संलग्नहरुले दुरुपयोग गर्दैआएको पाइएको छ । कहिले सुन तस्करहरुको अबैध सुन बोक्ने साधन, कहिले रक्त चन्दन ओसार्ने साधन, कहिले लागूऔषध त कहिले अबैध कपडा लगायतका मलवस्तु बोक्न एम्बुलेन्सको दुरुपयोग गर्ने गरेको पाइन्छ । प्रहरीले केही निगरानी बढाएपनि यस्तै अबैध गतिबिधिको प्रयोग पूर्ण रुपमा रोकिएको छैन ।
सोमबार मात्रै पनि लहान प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । गोप्य सूचना पछ्याएको प्रहरीले को १ च ७५७७ नम्बरको एम्बुलेन्समा ९० किलो प्रतिबन्धित लागूऔषध गाँजासहित चालकलाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाएको छ । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले पूर्व पश्चिम लोकमार्गबाट पूर्व जाँदै गरेको एम्बुलेन्सलाई लहानबाट पक्राउ गरेको थियो । एम्बुलेन्स चालकको पहिचान र कुन सामाजिक संस्थाको एम्बुलेन्सको हो भन्ने कुरा प्रहरीले गोप्य राखेको छ । घटनाबारे चालकसँग सोधपुछको काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।
अत्यावश्यक सवारी मानिने एम्बुलेन्सलाई अपराधीक गतिबिधिमा दुरुपयोग गरिएको यो पछिल्लो प्रमाण हो । कम जाँच हुने भएकाले सुन तस्करी, अबैध मुद्राको ओसारपसार, अबैध कपडा आयात, प्रतिबन्धीत बिभिन्न लागूऔषध एम्बुलेन्समा राखेर ओसार पसार गर्ने घटना बढेपछि प्रहरीले एम्बुलेसन्समाथीको निगरानी पछिल्लो समय बढाएको छ ।
क्याटेगोरी : खोज / मिसन, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
भरखरै प्रकाशित
- १७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- २एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ३काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ४मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
- ५खुला सभाबाट कांग्रेस सांसदको हिंसात्मक अभिव्यक्ति, डीएसपी र परिवारलाई दिए ज्यान मार्ने धम्की !
तपाईको कमेन्ट लेख्नुहोस्