Techie IT
Mission Khabar

स्थानीय तहमा बैंक, खै त कार्यान्वयन ?


काठमाडौं, जेठ । स्थानीय तहको अधिकार सूची निक्कै लामो छ । विद्यालय शिक्षाहुँदै एसईईको अधिकार पाएको स्थानीय तहले बैंकको सेवा घरदैलोमा पुर्याउने अधिकार पाएको छ । अनि नेपाल राष्ट्र बैंकले एक वर्ष भित्रमा स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको पनि धेरै समय वित्यो तर जनशक्ति र प्रविधीको कारण देखाउदै बैंकहरुले शाखा खोलेनन ।

सरकारले संघियता पछि ७ सय ५३ स्थानीय तहमा वाणिज्य बैंकबाट बैंकिङ सेवा दिने व्यवस्था गरेको छ । नेपाल बैंकर्ष संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गाना कतिपय स्थानीय तहमा सुरक्षा व्यवस्था, पक्की घर, विद्युत, इन्टरनेट, दक्ष जनशक्ति लगायतको अभावका कारण समस्या भएको बताउँछन् । उनी भन्छन– कतिपय स्थानमा त बैंक संचालनका लागि चाहिने न्युनतम सुविधा पनि उपलब्ध छैन कसरी शाखा खोल्नु ?
अर्थ मन्त्रालयले भने बैंक स्थापना गर्नेलाई तत्काल संख्याको आधारमा भए पनि सुरक्षा दिने बताउँछ । बिद्युत् नभएको क्षेत्रमा सोलारबाट विद्युत आपुर्ती गर्न सकिने सहसचिव उत्तर खत्री बताउँछन् । राष्ट्र बैंक अहिलेसम्म ५ सय १० स्थानीय तहमा वाणिज्य बैंक स्थापना भएको र बाँकि ठाउँमा पनि शाखा विस्तार प्रक्रियामा रहेको बताउछ । गभर्नर चिरञ्जीबी नेपाल राष्ट्र बैंकले स्थानीय तहमा जाने बैंकहरुलाई ११ वर्षका लागि करोड रुपैयाँ ब्याज बिनै दिइने बताउँछन् ।

२ सय ४३ स्थानीय तहमा बैंक पुग्न बाँकी छ । पछिल्लो समय युकेएड सक्षमको सहकार्यमा न्युनतम पुर्वाधार पुरा हुने गरि १४ वटा वाणिज्य बैंक कर्णाली प्रदेश, प्रदेश ५ र ७ का ५७ वटा स्थानीय तहमा विस्तार गर्ने सम्झौता भएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, खोज / मिसन

तपाईको कमेन्ट लेख्नुहोस्