सक्कली लाइसेन्सको नक्कली धन्दा : उच्च अधिकारीमाथी सोझियो अनुसन्धान

काठमाडौँ, जेठ । बैधानिक सवारी चालक अनुमति पत्रको अबैधानिक बिक्रिको रहश्योद्घाट भएसँगै अहिले संलग्नहरुको भागाभाग सुरु भएको छ । बिना ट्रायल बस, ट्रक र लहरीको सवारी चालक अनुमति पत्र (लाइसेन्स) यातायात व्यवस्था विभाग, यातायात कार्यालय बागमती र ट्राफिक प्रहरीको मिलेमतोमा बिक्रि वितरण हुने गरेको घटनामा अख्तियारले छानविन अघि बढाएपछि यातायात व्यवस्था कार्यालय बागमतीका इन्जिनियर श्याम केसी फरार भएका हुन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सई श्रीराम केसीलाई अख्तियारले पक्राउ गरेर अनुसन्धान अघि बढाएपछि इन्जिनियर केसी भाग्नुले उनको संलग्नता पुष्टि मात्रै गरेको छैन, अन्य धेरैको निदहराम भएको छ । अहिलेसम्म सई तिवारीसहित महाशाखाकै ट्राफिक जवान गणेश खड्का यातायात कार्यालय बागमतीका खरिदार कमल स्याङ्तान र कार्यालय सहयोगीद्वय हरिबहादुर थापा र मिनबहादुर तामाङ पक्राउ परिसकेका छन् । उनीहरुबाट पोल खुल्ने डरले अहिले अन्य संलग्नको सातो उडेको छ ।
अख्तियारले अहिले फरार केसी भारत पुगेको आशंका सहित खोजी तिब्र पारेको छ । सँगै अन्यको संलग्नता बारे पनि अनुसन्धान गरिरहेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभाग र यातायात कार्यालय बागमतीका कर्मचारीकै मिलेमतोमा प्रतिव्यक्ति २ लाख रुपैयाँसम्म लिएर ट्रायल परीक्षामा अनुपस्थितलाई सवारी चालक अनुमतिपत्र वितरण गरेको खुलेपनि संलग्न सबै गिरोह पक्राउ गर्नेगरी अनुसन्धान जारी रहेको अख्तियार बताउँछ । लाइसेन्सको अवैध व्यापार मासिक करोडौंमा हुने गरेको अनुन्धानबाट खुलेको छ ।
यातायात व्यवस्था विभागले २०७५ बैशाख ३, १०, ११ र १९ गते चार दिनको नमुना परीक्षण गर्दा विचौलिया, ट्राफिक र यातायात कर्मचारीको मिलेमतोमा ट्रायल परीक्षामा उपस्थित नभएका करिब ४ सय जनालाई सवारीचालक अनुमति पत्र दिएको रहश्य खुलेको थियो । यो चार दिनमा मात्रै प्रतिलाइसेन्स २ लाख रुपैयाँका दरले ४ सय जनाबाट ८ करोड रुपैयाँ अबैध असुली भएको देखिन्छ । अहिलेसम्मको अबैद्य बिक्रि र उच्च अधिकारीको संलग्नता बारेको अनुसन्धान कहाँ सम्म पुग्ला ? आम प्रतिक्षा यसैमा छ ।
क्याटेगोरी : खोज / मिसन, यातायात / यात्रा, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्