२२ वर्षसम्म रहश्यमयी बनेको दरबार हत्याकाण्ड, कस्ले सखाप पारेको थियो विरेन्द्र परिवार ?

काठमाडौं । तत्कालीन राजा वीरेन्द्रको परिवार नै सखाप हुनेगरि भएको दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो ।
तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएको हत्याकाण्डको सरकारद्वारा गठित समितिले छानबिनसहित प्रतिवेदन समेत बुझाएको थियो । घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर छानविन समितिको प्रतिवेदनले गरेपनि यसलाई धेरैले अझसम्म पनि विश्वास गरेका छैनन् । २२ वर्ष बित्दासम्म पनि हत्याकाण्डको वास्तविक तथ्य अझै बाहिर आउन सकेको भन्दै सरकारको आलोचना समेत हुने गरेको छ ।
हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले सङ्ग्रहालय बनाइएको छ । संग्रहालय बनाएर तत्कालिन राजदरबारलाई आम्दानीको श्रोत बनाएको सरकारले कहालिलाग्दो हत्याकाण्डको विश्वासिलो आधार र कारणसहित नागरिकलाई विश्वस्थ पार्न सकिरहेको छैन । दरबार हत्याकाण्डलाई कतिपयले देशी विदेशी षड्यन्त्र भनेपनि रहश्य अहिले पनि खोजिकै विषय बनेको छ ।
क्याटेगोरी : ओझेलका पात्र, खोज / मिसन, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्