Techie IT
Mission Khabar

रक्षा नेपालको लुट, दाताको डलर दुरुपयोगमा छुट


काठमाडौं, जेठ । रक्षा नेपालले दाताले दिएको सहयोगको दुरुपयोग गर्दै संघ संस्था ऐन विपरित काम गरिरहेको पाइएको छ ।

मेनुका थापा अध्यक्ष रहेको रक्षा नेपालले प्रहरी, प्रशासनको पत्र र समन्वय बिनै बालबालिका राख्ने तथा उनीहरुको नाममा दातृ निकायबाट आएको सहयोग दुरुपयोग गर्दा पनि कसैले कारबाहीको दायरामा ल्याउन सकेको छैन । अझ थापा तीनै अबोध बालिकाहरुकाका नाममा आएको पैसाले यति अराजक भएकी छिन की आश्रित बालबालिका उनलाई मनलाग्नासाथ जुनसुकै समयमा निकालिन सक्छन । अनि आउन पनि सक्ने अवस्था छ । कानुत त पठाउने वा बुझाउने र बुझ्ने संस्थाले प्रष्ट रुपमा कानुनी प्रक्रिया पूरा गरेपछि यो काम गर्न पाउछन तर उनलाई कुनै कानुनी बन्देज छैन ।

लामो समयसम्म कलेज फि र होस्टलको पैसा नतिरेपछि विचल्लीमा परेकी पुजा बोहरा आफूलगायतको भविश्य बर्बाद हुन लागेको भन्दै केही दिन अघि प्रहरीको शरणमा पुगेपछि रक्षा नेपालको कर्तुत बाहिर आएको हो । कानुन पढिरहेकी पुजाले आफ्नो समस्या सबै कलेजसामु राखेपछि कलेजले शुल्क नतिरी परीक्षा दिने ब्यवस्था त मिल्यो तर होस्टेल छाड्नुपर्यो । यो पीडाबोध गराउन उनी महानगरीय प्रहरी कार्यालय रानीपोखरी पनि पुगिन तर उजुरी दर्ता भएपनि सुनुवाई भएन । पुजा अन्तत : संस्थाबाटै निकालिएकी एक बालिकाको आफन्तको आश्रयमा पुगेकी छन् ।
हुन त यसअघि पनि रक्षा नेपाल आश्रय दिएकाहरुलाई गलत काममा लगाएको, संस्थाको उद्देश्य एकातिर काम अर्कातिर भएको अनि सहयोग रकमको दुरुपयोगका नाममा बिवादित बनेको थियो । समाज कल्याण परिषद्को रेकर्ड हेर्दा रक्षाले विगत एक दशकमा करोडौं रकम विदेशी दातृ निकायबाट सहयोग लिएको देखिएको छ । दातृ निकायबाट आएको रकम परिषद्ले हरेक आर्थिक बर्षमा स्वीकृत गरेपछि मात्र संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्न रकम प्रयोग गर्न पाउँछ । तर यस्तो देखिएको छैन ।

कतिपय पीडितहरु प्रहरीले पनि रक्षा नेपालको बचाउन गर्दै न्याय दिन आनाकानी गरेको बताउँछन् । संस्थाकै संरक्षणमा लामो समय बसेकी एन्ड्रिया पनि ड्रक्स, चुरोट खान थालेको भन्दै निकालिएकी थिइन् । केही बर्षपहिले संस्थामा आश्रय लिएकी एक युवतीका प्रमी थापाबाटै अपहरण तथा बलात्कारको मुद्दामा थुनिएका थिए । उनीहरुबीच लहडमा भागेर पोखरा गएर बसेको दोष मात्रै थियो– पीडित बताउँछन् ।
संस्थाकी अध्यक्ष थापाले बरु पीडितको नाममा आएको सायोगको दुरुपयोग गरेर कुनैपनि हिंसामा नपरेका आफन्तलाई आश्रय दिने र उनीहरुको शिक्षा दिक्षामा लगानी गर्दै आएकी छन् । पछिल्लो कर्तुत लुकाउन पनि थापा पीडित पुजालाई कसरी गलत सावित गर्नै भन्दै हराएको उजूरी दिएर आश्रय दिनेहरुलाई फसाउन लागिपरेकी छन् । उनको विवादित क्रियाकलाप बारे यस अघि पनि विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन÷प्रसारण गरेका थिए । एनजीओ र सहयोगको नाममा मनोमानी गर्ने थापा कानुनको निशानामा पर्छिन वा उनको कर्तुतलाई निरन्तरताको छुट दिइन्छ । यसको प्रतिक्षा भैरहेको छ । बैध संस्थाको अबैध कामको अनुगमन गर्नुपर्छ की पर्दैन सरकार ?


क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्