Techie IT
Mission Khabar

बीपी राजमार्ग श्रृङ्खला–३ : गुड्दैछन मापदण्ड विपरितका ठूला गाडी, नियमन र कारबाही गर्ने निकाय बेखबर


सिन्धुली– बीपी राजमार्गमा सर्वोच्चको आदेशको अवज्ञा गर्दै ठूला सवारी साधन सञ्चालन भएको पाइएको छ । ठूला सवारी साधन चलाउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले दिएको छुटलाई सर्वोच्च अदालतको अन्तरिक आदेशले रोकेपनि अहिले स्थानीय प्रशासनको वेवास्थाले ठूला यात्रुबाहक बस र मालबाहक सवारी साधन सञ्चालन भएको पाइएको हो ।

यो राजमार्गमा  दिउँसोको समयमा बढी भारवहन क्षमताका सवारीमा रोक लगाउन भन्दै चेकजाँच कडा गरेको देखाइएपनि प्रहरी प्रशासनले नदेखे जस्तो गरिदिदा रातको समयमा यस्ता सवारी साधन खुलेआम चलिरहेका छन् । बीपी राजमार्गमा ठूला सवारी साधनलाई छुट दिने निर्णय रोक्न परेको रिटमा सर्वोच्चले जेठ २० गते अन्तरिम आदेश जारी गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्री स्तरिय निर्णय भएपछि यातायात व्यवस्था विभागले यात्रुबाहक सवारी साधन ह्लिवेस चार हजार दुईसय २५ एमएमको ३२ सिट क्षमताका सवारी साधानलाई बिहान ५ देखि साँझ ८ बजेसम्म चल्न दिने निर्णय गरेको थियो।

बिपी राजमार्गको प्राविधिक रिपोर्ट, भौगोलिक अवस्था र साँघुरो सडकका कारण यस अघि पनि ठूला सवारी साधन सञ्चालनमा प्रतिबन्ध लाग्दै आएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रलोभनमा परेर गत जेठ १३ बिपी राजमार्गमा ठूला सवारी साधन सञ्चालनको छुट दिने निर्णय गराएका थिए । यातायात व्यवस्था विभागका पूर्व महानिर्देशक रुपनारायण भट्टराई गैह्रकानुनी बाटोबाट फिर्ता बोलाएपछि नै मन्त्री र महानिर्देशक बीच बीपीमा ठूला सवारी साधनलाई छुट दिने बारे बिवाद भएको र सहज बनाउन मन्त्रीले हटाएको चर्चा चलेको थियो । नभन्दै पछि भयो त्यस्तै ।

मापदण्ड र विगतको प्राविधिक रिपोर्ट बिरुद्ध नगर्न सर्बोच्च अदालतले आदेश जारी गरेको अवस्थामा समेत अहिले सेटिङमा ठूला गाडी छाडिनु ठिक होइन, मर्मत समेत निक्कै खर्चिलो पर्ने बीपी राजमार्ग देशकै एक जैविक मार्ग हो । यसलाई मास्न हुन्न भन्नेतर्फ सिन्धुली क्षेत्रका स्थानीय सजग भएजस्तै राज्यपनि सजग बन्नुपर्छ । हैनभने अहिले सुविधा बनेको बीपी राजमार्ग भोली मर्मत गर्न नसक्दा सास्ती बन्नसक्छ ।


क्याटेगोरी : खोज / मिसन, यातायात / यात्रा, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्