गुण्डाराज विरुद्ध प्रहरी कारबाही : मेनपावर व्यवसायी, ठेकेदारसँगै गुण्डा निसानामा

काठमाडौं–काठमाडौं उपत्यका मात्रै होइन, अहिले देशका अधिकांश ठूला शहरमा साना हतियारको चुनौती बढ्दो छ । काठमाडौं, भक्तपुर, ललितपुरमा अन्य भन्दा जोखिम बढी भएपनि विकाशोन्मुख शहर अपराध र गुण्डागर्दीका नयाँ हब बनिरहेका छन् । अझ पछिल्लो समय साना हतियार मात्रै होइन, लाइसेन्स प्राप्त हतियार नै गुण्डाराजका लागि उपयोग भएको पाइएको छ ।
प्रहरी उच्च अधिकारीहरुसँगको साँठगाँठ र लाइसेन्स प्राप्त हतियारको आडमा काठमाडौंका व्यवसायीले गन्डाराज चलाएको भेटिएपछि अहिले केही व्यवसायीको हतियारको इजाजत खोसिएको छ । हतियारको दम्भ देखाउने यस्ता व्यवसायीमा ठेकदारदेखि म्यानपावर व्यवसायीसम्म छन् । हतियारको आडमा धम्क्याउने क्रम बढेपछि अहिले प्रहरीले अपरेशन नै चलाएको छ ।
पहिलो चरणमा चार व्यवसायीको नाममा दर्ता भएको अत्याधुनिक हतियार खोसिएको छ । उनीहरुका हतियार सुरक्षा चुनौति बनेपछि जिल्ला प्रशासन कार्यालयले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ११ बमोजिम इजाजत पत्र रद्द गरेको छ । उच्च प्रहरी अधिकारीसँगको साँठगाँठको आडमा गुन्डागर्दी भएको पाइएपछि उनीहरुमाथी थप निगरानी पनि बढाइएको छ ।
पहिलो चरणमा हतियार खोसेर कारबाही गरिएका ठेकेदार
१. वीरेन्द्रलाल श्रेष्ठ : जन्मस्थान काभ्रे उग्रचण्डी–२ ठेकदार श्रेष्ठ क्यासिनोमा लगानी गर्ने लगानीकर्ता पनि हुन । ‘पोइन्ट टु’ बन्दुक राख्न स्थानीय प्रशासनबाट लाइसेन्स लिएका उनले हतियारको भरमा धम्क्याउने गरेको पाईएपछि इजाजत खोसिएको छ ।
उनीमाथी प्रहरीका उच्च अधिकारीसँगको मिलेमतोमा मिटरब्याज र गुण्डाराज चलाएको आरोप पनि छ । उनीविरुद्ध दर्जनौं उजुरी प्रहरी कार्यालयमा छन् ।
२. बलराम सापकोटा उर्फ बले : क्यासिनो किङको रूपमा समेत चिनिने बले पनि प्रहरी कारबाहीमा परेका छन् । जुवा, अपहरण र कुटपिटको अभियोगमा पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका बले क्यासिनोमा टेबुल देखि जुवाडेको लगानीकर्तासम्म मानिन्छन् ।
काभ्रेको वाल्टिङ–४ का बलेसँग एउटा १२ बोर र अत्याधुनिक जीएसथ्री जर्मनी हतियारको लाइसेन्स थियो । उनले लाईसेन्स प्राप्त हतियार दुरुपयोग गरेको पाइएपछि अहिले अतियार जफद गरेर ईजाजत खोसिएको छ । काठमाडौंको विभिन्न क्यासिनोमा लगानी रहेका बले काभ्रेली समूहका पूर्वसदस्य समेत हुन् । उनीमाथि रक्तचन्दन तस्करीको अभियोग समेत छ ।
३. आङकाजी शेर्पा : गाडीमा बन्दुक बोक्न सौखिन शेर्पा सोलुखुम्बु केरुङ–१ का स्थायी बासिन्दा हुन । ठेकेदार शेर्पाले काठमाडौंको कपनसहित भक्तपुरका विभिन्न स्थानमा गरी बालुवाको ६ वटा डिपो चलाउदै आएका छन् । शेर्पासँग रहेको ईजाजत प्राप्त जीएसथ्री बन्दुक अहिले खोसिएको छ ।
निर्माण व्यवसायसँगै अन्य क्षेत्रमा ठेक्कापट्टा गर्ने शेर्पाले आफ्नो पक्षमा ठेक्का हात पार्न ईजाजतप्राप्त हतियारको दुरुपयोग गरेको पाइएपछि उनी बिरुद्ध कारबाही अघि बढाइएको हो । सवारी साधनमा हिँड्दा समेत सधैं हतियार बोकेर हिँड्ने उनीसँग व्यवसायी त्रसित थिए । उनी यतिसम्मका सन्कि थिए की केही गुनासो पोख्नासाथ उडाइदिने धम्की दिन्थे ।
४. रघुनाथ पुरी : मोरङको डाँगीहाट–१ का पुरीको नाममा जीएसथ्री बन्दुकको इजाजत प्रशासनले दिएकोमा अहिले खोसिएको छ ।
हतियारको दुरुपयोग बढ्दै गएर जघन्य अपराध हुन सक्ने देखेपनि प्रहरीले पुरी बिरुद्ध कारबाही अघि बढाउन स्थानीय प्रशासनलाई पत्राचार गरेपछि हतियारको इजाजत रद्द भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित द रिभर ओभरसिज म्यानपावर कम्पनीका सञ्चालक पुरी आफ्नो मेनपावरविरुद्ध गुनासो वा उजुरी गर्नेलाई त्यही हतियारको आडमा धम्क्याउने गर्थे । उनीविरुद्ध तत्कालिन महाशाखा प्रमुख रहेका अहिलेका आईजीपी सर्वेन्द्र खनालले ०७२ सालमा वैदेशिक ठगी सम्बन्धी मुद्दा चलाएका थिए ।
यी चारजनाबाट कारबाही सुरु गरेको प्रहरी अहिले साना हतियार र लाईसेन्स प्राप्त हतियारको अवस्था र प्रयोग बारे विशेष अनुसन्धानमा जुटेको छ । प्रहरी अप्रेशनको निशानामा के कस्ता व्यक्तिहरु पर्छन अहिले नै भनिहाल्ने अवस्था छैन ।
क्याटेगोरी : खोज / मिसन, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्