बर्ष ०७४\०७५ मा ११५० चोरीका घटना, देशका शहर चोरलाई चौतारो

काठमाडौँ – पछिल्लो समय देशका शहरहरु असुरक्षित बन्न थालेका छन् । राजधानी काठमाडौंसँगै पूर्वी नेपालको इटहरी, झापा, राजविराज जनकपुर सिरहाको लाहन लगायतका सहरमा चोरी बढ्न थालेको छ । यस्तै, पश्चिमतिरका शहर नेपालगञ्ज, बुटवल, नारायणगढ लगायतका शहरमा चोरीको जोखिम छ । तराईको बिरगञ्ज, जनकपुर हेटौडा लगायतका शहरमा पनि चोरीको जोखिम कम भएको छैन ।
पछिल्लो समयका चोरीमा विगतमा भन्दा फरक शैली अपनाइएको पाइएको छ । काठमाडौँमा दिउँसै विभिन्न खालका चोरीका घटना भैरहेका छन् । जहाँ चोरीका लागि विभिन्न समूह नै सक्रिय छन् । चाढपर्व र व्यस्त जीवनयापनको समयमा बढ्ने चोरी पछिल्लो समय बेमौसमी बन्न थालेको छ । प्रहरीको पछिल्लो तथ्यांकले सरदर वार्षिक रूपमा देशभर १३ सय देखि १५ सय सम्म चोरीका घटना हुने गरेका छन् । अहिले स्थान विशेषमा चोरी गर्ने मानिस रहने र जागिरे जसरी चोर गर्न आर्काे ठाउँ जाने गरेको पाइएको छ । बाइकमा चढेर गरगहना लुटेर भाग्नेहरुमा संख्यात्मक कमि भएपनि रोकिएको छैन ।
शहरबजारमा त अझ एउटाले चोरी गरेको सामान फेरी अर्को चोरले चोरेकोसम्म पाइएको छ । आर्थिक बर्ष २०७४\०७५ मा ९२५ साधारण चोरी, रहजनी चोरी ९, डाका चोरी २१, नकबजनी चोरी ८४, जबरजस्ती चोरी २९, सवारी चोरी ७८, पुरातात्विक चोरी १ र चौपाया चोरी १२ गरी ११४९ का चोरीका घटनाहरू भएका छन् । अघिल्लो आर्थिक बर्षमा ७० प्रतिशत रहेको चोरीका घटना अहिले बढेर ७९ प्रतिशत पुगेका छन् । प्रहरी तथ्यांक अनुसार पकेटमार चोरीको कुरा गर्दा १३ बसदेखि १९ वर्ष सम्मका युवा, ३२ वर्ष सम्मका युवा मोटरसाइकल प्रयोग गरी चोर्नेमा संलग्न देखिएका छन् ।
चोरीमा महिलाहरूको संलग्नता पुरुषको तुलनामा निक्कै कम पाइएको छ । सामान्यतया चोरी रातीमा हुने भएपनि काठमाडौं लगायतका ठूला र व्यस्त शहरमा साँझ भन्दा दिउँसोमा बढी पाइएको छ । चोरले कहिल्यै पनि देखिनेगरी अनि बलियो संरचना र सुरक्षा भएको ठाउँमा चोरी गर्दैन यसर्थ प्रहरी सक्रियतासँगै तपाई हामी सबै सचेत र सुरक्षित बन्नु उत्तिकै आवश्यक छ ।
क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्