Techie IT
Mission Khabar

झाडीमा परिणत दशरथ रंगशाला, यस्तै हुनुपर्ने हो सरकारी काम ?


काठमाडौं – २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त बनेको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला बनाउने भन्दा अहिले पनि भत्काउने काम चलिरहेको छ । सरकारी स्वामित्वमा रहेको दशरथ रङ्गशाला पुनः निमार्णको गति यति सुस्त छ ।

भूकम्पको तीन बर्षपछि पनि देखिनेगरी खास केही काम देखिएको छैन । भूकम्पका कारण खेल्न नमिल्ने भएपछि सरकारले २०७२ भदौ १० गते रङ्गशाला स्तरोन्नति गर्ने निर्णय गरेपनि सुस्त गतिमा काम हुँदा घरेलु फुटबल लिग समेत प्रभावित छ । अर्कोतर्फ, तीन वर्षअघि एन्फा र खेलकुद मन्त्रालयबिच च्यासलमा कम्तीमा १२ हजार दर्शक क्षमताको रङ्गशाला १८ महिनाभित्र बनाउने सम्झौता भएको थियो । तर च्यासलमा ३ वर्ष बितिसक्दा पनि रंगशालाले पुर्णता पाएको छैन । राष्ट्रिय खेलकुद परिषद् जिम्मेवार बन्न नसक्दा रंगशाला निर्माणको गति सुस्त भएकोमा दुईमत छैन तर राखेप प्रयाप्त जनशक्ति नपाउदा रङ्गशालाको निर्माण ढिलाई भएको बताउँछ ।

२ अर्ब लागत अनुमान गरेर सुरु गरिएको रंगशालाका लागि चीन सरकारले पनि १ अर्बले सहयोग गरेको छ । तर यतिका समयसम्म ५० प्रतिशत काम पनि सकिएको छैन । पुरानो मोडलमा आधारित नयाँ संरचना बन्ने भनिएपनि कहिले पुरा हुन्छ यसैभन्ने अवस्था छैन ।


क्याटेगोरी : खेल / व्यायाम, खोज / मिसन, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्