Techie IT
Mission Khabar

कहिल्यै पुरा नहुँने सडक परियोजना, ३० बर्षदेखी भत्काउने र बनाउने क्रम जारी, धोविखोला कोरिडोरको हालत पनि उस्तै


काठमाडौं– चाबहिल–जोरपाटी–साँखु सडक निर्माण सुरु भएको तीन दशक बितेको छ । २०४५ कार्तिक १८ मा काठमाडौं उपत्यका नगर विकास समितिले यो बाटो बनाउने निर्णय गरेको थियो । माघ १३ गते गोरखापत्र मा सूचना निकालेर अघि बढेको यो सडक आयोजनाको काम अझै सकिएको छैन ।

बरु कहिले पुरा हुने अझै अनिश्चित छ । २७ वर्षसम्म कागजमा सीमित आयोजनाले २०७२ मा आएर गति लियो । २०७२ असोजमा ‘नगर विकास समितिले २०७४ चैतसम्ममा काम सक्नुपर्ने गरि सम्झौता गरेर अघि बढेको सडक आयोजनाको काम करिब ३० प्रतिशत मात्रै सकिएको छ ।

यता, धोबीखोला कोरिडोरको दुवै किनारमा सडक बनाउन भन्दै २०५० सालमा सुरु भएको आयोजना पनि अझै पुरा भएको छैन । २ पुस २०६४ मा तत्कालीन काठमाडौं उपत्यका नगर विकास समितिले महानगरपालिकाबाट ‘धोबीखोला करिडोर’ बनाउने जिम्मा पञ्चवर्षीय योजना अन्तर्गत आफूले लिएपनि अझै कहिले पुरा हुने निश्चित छैन । बरु सडको किलोमिटर नै पिच्छे ठेकेदार, टोल सुधार समिति र राजनीतिक आवरणमा रहेका नेता कार्यकर्ताले पाएको ठेक्काका कारण काठमाडौंको जनघनत्व र बढ्दै गरेको सवारी जाम व्यवस्थापन गर्न अघि सारिएको यो परियोजना अलपत्र छ ।
हुनत, जापानस्थित अन्तर्रष्ट्रिय सहयोग नियोग (जाइका) ले उपत्यकामा भित्री सडक विकास गरेर जाम व्यवस्थापन गर्नुपर्ने भन्दै सन् १९९३ मा ‘धोबीखोला करिडोर’ सुधार आयोजनाको प्रतिवेदन नेपाल सरकारलाई दिएको थियो । तत्कालीन काठमाडौं उपत्यका नगर विकास समितिले धोबीखोला करिडोर सुधार आयोजना व्यवस्थापन उपसमिति बनाउदै २०५९ बैशाख १७ मा काठमाडौं महानगरपालिकालाई ‘धोबीखोला करिडोर’ निर्माण गर्ने जिम्मा दियो । ६ वर्षसम्म बजेट अभाव देखाउँदै काम नै अघि बढेन । काठमाडौं महानगरपालिकामा जनप्रतिनिधि आएपछि पनि धोबीखोला करिडोरमा खासै ध्यान दिइएन । बरु दुई दशकअघि परिकल्पना गरिएको ११ किलोमिटर लामो धोबिखोला करिडोर र चावहिल–जोरपाटी शुन्दरीजल सडक आयोजना शहरी विकासको लाजमर्दो नमुना बनेका छन् ।


क्याटेगोरी : खोज / मिसन, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्