गाउँमा सरेको सिंहदरबारको सास्ती, दोलखाको भिमेश्वर नगरपालिकामा कर्मचारी र जनप्रतिनिधि भेट्नै मुस्किल (फोटो डायरी)

सुरज बस्नेत, दोलखा– तपाई कामको सिलसिलामा दोलखास्थित भिमेश्वर नगरपालिका पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने यहाँको वास्तविकता पक्कै थाहा होला । जनताको सेवा सुविधाका लागि गाउँ तहमा पुगेको सरकार सेवाग्राहिको काम प्रति कत्तिपनि जिम्मेवार छैन भन्ने उदाहरण बनेको छ, भिमेश्वर नगरपालिका । यहाँ समयमा काम भयो भने सेवाग्राहीले अचम्म मान्नुपर्ने अवस्था छ । अझ, जनप्रतिनिधि र कर्मचारी भेट्न नै सेवाग्राहीले धेरै दिन धाउनुपर्छ ।
सिंहदरबारको केन्द्रीय सरकार जनताको हक अधिकार गाउँस्तरमा पठाएको दाबी गरिरहेको छ । तर स्थानीय तहका सर्वसाधारण सुविधा पाउनु त परको कुरा आफैले चुनेका प्रतिनिधि भेट्नबाटै बञ्चित छन् ।
प्रदेश र स्थानीय तहमा जनताको काम जनताकै घरदैलोमा गर्न भन्दै कर्मचारीसँगै जनप्रतिनिधि पनि भरिभराउ छन् । तर अहिलेसम्म स्थानीयले गाउँमा अधिकार आएको प्रत्याभुत गर्न पाएका छैनन । खाली कुर्सीमा कोही आउला की भन्ने प्रतिक्षामा सर्वसाधारणको घण्टौँको प्रतिक्षा खेर जाने अवस्था छ ।
देशका अधिकांश स्थानीय तहसँग मिल्दोजुल्दो बनेको यो समस्या दोलखास्थित भिमेश्वर नगरपालिका एक्लैको भने होइन् । प्रस्तावित दरबन्दी ३१ जना रहेको नगरपालिकामा करारका कर्मचारी मात्रै १९ जना छन् । जहाँ स्थायी दरबन्दीमा पनि २२ कर्मचारी कार्यरत छन् । जनप्रतिनिधिले नगरपालिकालाई आफन्त भर्तिकेन्द्रजस्तो बनाएका छन् ।
प्रस्तावित दरबन्दी भन्दा बढी कर्मचारी रहेको नगरपालिकामा मेयर, उपमेयर लगायतका जनप्रतिनिधी पनि १९ जना छन । जनप्रतिनिधि मात्रैपनि कर्मचारी नै भेट्न सकस व्यहोर्नुपर्छ । दरबन्दी भन्दा बढी कर्मचारी थेगिरहेको नगरले अहिलेसम्म आफ्नो नाम बोर्ड राख्न नै सकेको छैन । जहाँको व्यवस्थापन नै लथालिंगे छ, त्यहाको सेवा झनै कस्तो होला ?
स्थानीय सेवाग्राही भन्छन्–नगरपालिका धाउनुमात्रै भयो, भोट माग्न घरदैलो धाउने जनप्रतिनिधिले हाम्रो काममा सहयोग नै गरेनन् । वडा स्तरमा पनि २७ जनाको दरबन्दी रहेको कार्यालयमा करारका मात्रै २० कर्मचारी छन् । जहाँ १३ जना स्थायी कर्मचारी छन् । दरबन्दीभन्दा बढी कर्मचारी राखेर पनि जनताको सेवा सुविधा सहज गर्न नसक्ने यस्ता स्थानीय तहलाई कारबाही कस्ले गर्ने ?
क्याटेगोरी : खोज / मिसन, जनप्रतिनिधि, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्