Techie IT
Mission Khabar

सिमेन्ट र रडमा डरलाग्दो ठगी, नियतबस् करोडौँ ठग्नेहरुलाई मिल्छ राज्यकै उन्मुक्ति


काठमाडौं–तपाई घर तथा कुनै भौतिक पूर्वाधार निर्माण त गर्दै हुनुहुन्न ? यति भौतिक निर्माणमा जुट्दै हुनुहुन्छ भने सचेत बन्नुहोस् । तपाई कुनैपनि बेला ठगिन सक्नुहुन्छ । गुणस्तर र मूल्यसँगै तौलमा पनि ठगिने जोखिम बजारमा बढिरहेको छ । भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने छड तथा सिमेन्टमा अहिले चरम ठगी मौलाएको छ ।

थुप्रैले गुणस्तरमा समेत ख्याल नगरेको निर्माण सामाग्रीको तैलबाट पछिल्लो समय उपभोक्ता ठगिदै आएका छन् । बजारमा छड र सिमेन्ट उल्लेखित परिणामभन्दा निक्कै कम तौलका भेटिदा पनि उनिहरुमाथी कारबाही हुन सकेको छैन । ५० केजी भन्दै बिक्रीका लागी राखिएको सिमेन्टमा प्रतिबोरा एक केजीदेखी ५ केजीसम्म तैल कम गरेर बजारमा पठाइएको छ । यसरी उपभोक्ता ठग्ने सिमेन्टमा कलश गोल्ड, जगदम्बा, मारुती, सोना, सर्वोत्तम, सगरमाथा, नारायणी, शालिमार, यती, स्टार, सिजी अग्र स्थानमा छन् ।

यी मध्ये पनि शालिमार, सगरमाथा, सर्वोत्तम सिमेन्टमा सबैभन्दा धेरै तौल कम गरेर ठगी गरेको पाइएको छ । बजारमा रहेको सर्वोत्तम सिमेण्टको एउटै बोरामा झण्डै ५ केजीसम्म कम तौल भेटिदा सगरमाथा सिमेन्टको बोरामा ३ केजीसम्म कम तौल पाइएको छ । अन्य सिमेन्टका बोरामा पनि उल्लेखित तौल भेटिदैन । अरुमा ४ सय ग्रामदेखी २ केजीसम्मको तौल ठगि गरेको भेटिएको छ ।

प्रतिबोरा सिमेन्टमा ५ सय ग्रामसम्म कम तौल भेटिनुलाई स्वभाविक मान्ने गरिएपनि बोरामै ४ देखी ५ केजीसम्म कम तौल भेटिनु ठूलो ठगी हो । ठग्ने नियतले यसरी उपभोक्ताको बिश्वासमाथी खेलवाड गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । नापतौल तथा गुणस्तर विभाग पनि धेरै तौल कम गरिनु चरम ठगि गर्ने उद्देश्यबाट प्रेरित भएको काम भन्दै संलग्न उपर राज्यले कारबाही गर्न ढिला गर्न नहुने बताउँछ ।
यता, फलामे डण्डी छडमा पनि चरम ठगी भैरहेको पाइएको छ । बिक्रीका लागी बजारमा पठाइने छडको बण्डलमा पनि उल्लेख गरिएजति तौल हुँदैन । जहाँ प्रतिबण्डल ५ सय ग्रामदेखी ३ केजीसम्म कम तौल राखेर ठगी गरेको पाइएको छ । अझ, बण्डललाई बाँध्ने एस हुकको समेत उपभोक्ताबाट पैसा असुलेर व्यवसायी आफैले राख्ने गरेका छन् । यसरी कम तौल राखेर ठगीगर्ने फलामे डण्डीमा जगदम्बा, अम्बे स्टिल, र पञ्चकन्या अग्र स्थानमा छन् । तर ठूला व्यापारिक घरानाको लगानी र प्रत्यक्ष संलग्नता रहेका यी कम्पनीहरु कमै मात्र कारबाहीको दायरामा आएका छन् ।

सरकार मात्रै होइन, यस्ता ठगीलाई निरुत्साहित गर्न उपभोक्ता आफूपनि सचेत बन्नुपर्छ । बजारमा मौसमी रुपमा चल्ने अनुगमन निम्न स्तरका व्यापारिका लागि मात्रै होइन, ठूला व्यापारिक घरानाका लागि पनि समान कारबाही बन्न सक्नुपर्छ । हैन भने ठूलालाई चैन सानालाई ऐन भनेजस्तै पैशा र शक्तिको बलमा जे पनि गर्ने छुट राज्यबाटै दिएको ठहरिने छ । राज्यको नियमन र कारबाही सबैलाई समान हुनुपर्छ ।

कानुनले नेट वेट भन्दा कम बिक्रि गरिरहेका कम्पनिहरु को सिमेन्ट जफत गर्ने प्रति बोरा १००० जरिवाना गर्ने तथा कम्पनी सिल समेत गर्ने व्यवस्था छ । कानुनले कम्पनी सिलसम्म गर्न पाउने अधिकतम कारबाहीको सीमा निर्धारण गरेपनि ठगीमा संलग्नहरु सरभर पक्राउ नपर्ने परिहालेपनि प्रभाव र पँहुचका आधारमा १ हजार तिरेर दोष मुक्त हुने गरेका छन् ।


क्याटेगोरी : खोज / मिसन, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्